Trending

राष्ट्रिय एकता दिवसमा सार्बजनिक बिदा

पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ । नेपाली एकीकरण गरेका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको १९९औँ जन्मजयन्तीमा गोरखा जिल्लाको गोरखा नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।नेपाली एकीकरण गरेका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको १९९औँ जन्मजयन्तीमा गोरखा नगरपालिका र पालुङटार नगरपालिकाले  सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । त्यस्तै गाेरखा तथा तनहुँका अन्य केहि पालिकाहरूले पनि बिदा दिने निर्णय गरेका छन । गोरखा नगरपालिकाका सूचना अधिकारी चेतप्रसाद अंगाईले दिएको जानकारी अनुसार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएर पृथ्वीजयन्तीलाई उत्सवका रुपमा मनाउन लागिएको हो ।उक्त अवसरमा नगरपालिकाले पृथ्वीजयन्ती मनाउनका लागि दिने कार्यक्रमसमेत तय गरेको अंगाईले जानकरी दिनुभयो । कार्यक्रम अनुसार २६ गते नगर क्षेत्रभित्र सरसफाई, २७ गते दौड र पृथ्वी जयन्ती विशेष कार्यक्रम र २८ गतेका दिन वतृत्वकला लगायतका कार्यक्रम संचालन गरिने बताइएको छ ।पुस २७ गते गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको पूर्णपदको शालिकअगाडि अन्तरक्रिया लगायतका कार्यक्रम गरिने नगरपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker