Trending

जनकल्याणमा बिद्यालय व्यवस्थापन समिति गठन

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ८ स्थित जनकल्याण आधारभूत बिद्यालयको नयाँ व्यवस्थापन समिति गठन भएको छ । वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बल बहादुर बरामको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय व्यवस्थापन समिति गठन गरेको हो । साथै सोही भेलालले साधुराम सुवेदीको अध्यक्षतामा ५ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।
नवगठित बिद्यालय व्यवस्थापन समितिको अन्य सदस्यहरुमा राजेन्द्र सुवेदी, मैतीमाया नेपाली, विष्णु माया बि। क।, श्याम बहादुर पुवाँर थापा, राम बहादुर परियार, वडा सदस्य सीता नेपाली र शिक्षक प्रतिनिधी शोभा शर्मा रहेका छन भने प्रधानाध्यापक भोज बहादुर थापा सदस्य सचिव रहनुभएकेा छ ।
त्यस्तै सुवेदीको अध्यक्षतामा बनेको शिक्षक अभिभावक संघको सदस्यहरुमा श्यामलाल वि. क., ईश्वर बहादुर रिजाल, अमृता तिवारी र शिक्षक प्रतिनिधीमा हेमा पुवाँर थापा रहेका छन् ।
वडा नं. ८ का वडाध्यक्ष कंडेलको अध्यक्षतामा सम्पन्न भेलामा शिक्षिका शोभा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । जसमा शिक्षा शाखाको प्रतिनिधीको रुपमा अकला माध्यमिक विद्यालयका शिक्षक तारानाथ उप्रेतीले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियाको बारेमा प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा बिद्यालयको समग्र पक्षको बारेमा बिद्यालयका प्रधानाध्यापक भोज बहादुर थापाले जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker