सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

 

निर्माण सम्पन्न हुने बेलामा तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल निर्माण शुरु भएको छ । विसं २०७५ माघ महिनामा सम्झौता भएको पुल निर्माणको काम अहिले आएर बल्ल शुरु भएको हो । ठेक्का सम्झौतानुसार काम भएको भए यतिबेलासम्म अहिले पुल अन्तिम चरणमा पुग्ने भए पनि निर्माण कम्पनीले प्राविधिक कारण देखाउँदै निर्माणमा ढिलाइ गरेको छ । हेटौंडास्थित मृत सञ्जीवनी कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ–नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको जिकिर गरेको छ । उक्त कम्पनीले विसं २०७८ पुस मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।
निर्माण कम्पनीले अबको एक वर्षभित्र सक्ने प्रतिबद्धताबमोजिम काम शुरु गरेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । पटकपटक ध्यानाकर्षण र दवावपछि अहिले आएर बल्ल निर्माण कम्पनीले काम थालेको कार्यालयले बताएको छ । काममा ढिलाइ भए पनि निर्माण कम्पनीले अहिलेसम्म म्याद थपका लागि कार्यालयमा निवेदन भने दिएको छैन, कार्यालका सूचना अधिकारी नारायण पौडेलले भने,म्याद थपको निवेदन आएपछि अवस्था हेरेर मात्र निर्णय हुन सक्छ । ठेकेदार कम्पनीका प्रतिनिधि दिवस उप्रेतीले कोभिड–१९ को महामारीका कारणले समयमा नै काम गर्न नसकिएको जनाउँदै शुरुमा डिजाइन परिवर्तन र मुग्लिन–नारायणगढ सडकको अवरोधले पनि काममा ढिलाइ भएको बताए । एक वर्षभित्र पुलको आधारभूत काम सक्ने गरी निर्माण शुरु गरेका छौंँ, इञ्जिनीयर पौडेलले भने । हाल तनहुँतर्फको भागमा जग तयार भइरहेको र चितवनतर्फ जमीनमुनिकै काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । केही दिनअघि विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले निर्माण कम्पनीका प्रतिनिधिलाई पुल निर्माणको कामलाई तीव्रता दिन अनुरोध गरेको थिए ।
एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने छ । पुलको लागत रु आठ करोड २६ लाख रहने छ । पुल निर्माण सम्पन्नपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लाका नागरिकलाई चितवनसहित पूर्वी र पश्चिम तराई जान सजिलो हुन्छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । उक्त पुल निर्माण पछि घुमाउनेबाट तनहँु सदरमुकाम दमौली निस्कन अहिले प्रयोग भइरहेको मुग्लिन, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोमिटर छोटो पर्न जान्छ । तनहुँको दमौलीबाट घुमाउनेघाट सम्म नियमित रुपमा साना बस तथा दुई पाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुई पाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छन् भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।
जीवनस्तर बदलिँदै ः
पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गमा पर्ने सराङ्घाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो । गाउँमा न बिजुली थियो न सडक नै । सर्वसाधारणका लागि सदरमुकाम दमौली आउनुपरेका खण्डमा घुमाउनेमा रहेको झोलुङ्गेपुल तरेर चितवन हुँदै दमौली आउनुपर्ने बाध्यता उत्तिकै थियो । सदरमुकामबाट नजीकै रहेर पनि तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ६ सराङ्घाट बत्तीमुनिको अँध्यारो जस्तै थियो । स्थानीयवासी लालबहादुर राना केही वर्षअघिको सम्झना गर्दै भन्नुहुन्छ, गाउँमा न बिजुली थियो न सडक नै जसले गर्दा स्थानीयवासीको दैनिकी नै फरक थियो । अहिले सडक र बत्ती आएसँगै जीवनस्तर बदलिन थालेको छ । यतिखेर लालबहादुर रानालाई समेत सडकले गर्दा आफ्नो ठाउँ विकासको गतिमा हिँडेको अनुभूति भएको छ । केही वर्षअघिसम्म बुद्धसिंह मार्गको किनारका बस्ती उजाड थिए तर अहिले तिनमा व्यापारिक चहलपहल बढेको छ । यसको मुख्य कारण भनेकै बुद्धसिंह मार्गमा यातायात सञ्चालन हुनु हो । विगतमा सडक तथा पूर्वाधारको अभावलगायत कारण गाउँ छाड्नेहरू आगामी दिनमा विस्तारै फर्कने अपेक्षा गरिएको छ । पोखरा र दमौलीलाई नारायणगढ जोड्ने वैकल्पिक सडकका रुपमा विस्तार गरिएको सो मार्गमा यातायात सञ्चालन शुरु भएपछि सडक क्षेत्रमा पर्ने साना बस्ती अहिले बजारमा परिणत बनेका छन् । यो सडकअन्तर्गत पर्ने सबैभन्दा ठूलो बजार सराङ्घाट हो । सदरमुकाम दमौली मात्र नभई बन्दीपुर, पोखरा र नारायणगढबाट समेत पछिल्ला दिनमा यहाँ घडेरी किन्न मानिस आउन थालेको होटल व्यवसायी रानाले बताए।
बुद्धसिंह मार्गमा हाल दमौलीबाट दैनिक छ–सात बस र त्यतिकै सङयामा जीप तथा अन्य सवारीसाधन चल्ने गर्छन् । उक्त सवारी साधन आँबुखैरेनी गाउँपालिका वडा नं ६ को घुमाउनेसम्म पुगेर पुनः दमौलीतर्फ नै फर्कन्छन् । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । सडक विस्तारसँगै सराङ्घाटमा होटल, किराना पसल र फेन्सी पसल सञ्चालनमा आएका छन् । गाउँमा विद्युत् सेवा पुगेसँगै विद्युतीय उपकरणका पसल पनि सञ्चालनमा आएको स्थानीयवासी भीमबहादुर गुरुङले बताए । पछिल्ला दिनमा सराङ्घाटमा भौतिक पूर्वाधार निर्माण पनि तीव्र गतिमा भइरहेको छ । यस क्षेत्रको भाग्य र भविष्यमा वरदान सावित बन्ने घुमाउने पुल निर्माण अघि बढेपछि स्थानीयवासीमा खुशी छाएको छ । उक्त पुल छिटोभन्दा छिटो सम्पन्न भइदिए थप सहज हुने र यस क्षेत्रको समृद्धि र विकासले अझै गति लिने स्थानीयवासी बताउँछन् । पुल निर्माण सम्पन्न भएपछि सराङ्घाटलगायत बुद्धसिंह मार्गमा पर्ने अन्य साना बजार लाब्दी खोला, नाल्दी, मास्दीघाट, खहरे, हात्तीसोढे र कोइदिमको रुप नै फेरिने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । रा स स

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.