निशुल्क सपना : महेश बजगाई

जिवनका विभिन्न उत्तरचढाव पार गर्दै यहाँसम्म आउदा मेरा पनि धेरै सपना थिए। जिन्दगी सोचेभन्दा फरक हुने रहेछ। आफुले खोजेको र रोजेको पाउन त तक्दिर पनि साथमा हुनै पर्ने रहेछ। एक दुर्गम गाउँमा मेरो जन्म भएको हो। सन्सारको रुपरेखा नदेखेको मैले यहाँसम्म पुग्नु पनि सायद भाग्यकै खेल हुन पर्छ। बाटो नपुगेको त्यो गाउँ जहाँ मेरो बाल्यकाल बित्यो, बिरलै कसैले सोच्न सक्थ्यो होला कि त्यहाँबाट पनि कोहि कसैले सपना देख्न सक्छ भनेर! ठूलो र मध्यबर्गिय परिवारमा जन्मेको म रहरहरु मार्न गरिबीले नै सिकायो। सपनाहरुको चिहान बनाएर यथार्थमा बाच्न हर कसैले नसक्ने रहेछ, यो त केबल उसैले सक्छ जो निम्नबर्गिय हो या त उ केही गर्न असमर्थ छ। भात खान दशै तिहार वा अन्य कुनै चाड कुर्नु पर्ने अवस्थामा सपना देख्नु, आकाशको फल आँखा तरि मर भन्नू सिवाय अरु केहि होइन, हो यस्तै यस्तै थिए मेरा सपनाहरु जो देख्नु सिवाय अरु केही थिएनन। सपनाहरुको चिहान बनाउदै, एकएक गरि रहरहरु मार्दै जीवन जिउन साच्चै कठिन हुने रहेछ। मेरा केही सपना गरिबिले मार्ने गर्थ्यो त केही सपनाहरु ठुला भएकाले आफै तुहिने गर्थे। जिवनको तितो भोगाइले सबै कुरा सिकायो। जिवनमा आउने हरकसैले छाडेर जाने रहेछन्। एउटै कोखबाट जन्मेका दिदिभाइ त समयको चक्रसङ्गै छुट्टिन्छन भने जिवनमा दुईचार दिन बाहार लिएर आउनेको के आश गर्नु र खै!

जिवनको भोगाइसङ्गै सपनाहरु पनि बदलिएका हुन मेरा पनि। सानो उमेरमा के बन्छु, के गर्छु भबिस्यमा केही थाहा थिएन, मात्र एउटै कुरा दिमागमा हुन्थ्यो कि पछि गएर मैले पनि धेरै पैसा कमाउनु छ, एउटा छुट्टै सन्सार बनाउनु छ आफ्ना लागि। सपनाहरु समय र परिस्थितिसङ्गै बदलिएर गए। जति ठूलो हुँदै गए जिम्मेवारी पनि काधको भारी बन्न पुग्यो। सपनाहरु सेलाउन थाले। उच्च शिक्षा हासिल गर्ने र बिदेशमै केही गर्ने एउटै सपना, सपना नै रह्यो। समयले यसरी जिम्मेवारीको भारी बोकाएर गयो कि म सपनालाइ सपनामै राख्न सिमित बने। एउटै सपना, सपना नै बनेपछी अब यतै केही गर्नपर्छ भन्ने सोच आउन थाल्यो। एकातिर परिवारको एक्लो छोरा त्यहिमाथी जिम्मेवारीको दरिलो भारी, मैले सपनाहरुको चिहान बनाएर यथार्थमा रम्न सिके। सपना पूरा गर्न दु:ख पनि गरेकै हो तर किस्मतले साथ नदिए कस्को के लाग्छ र??
उमेर त एक नम्बर न हो, यो त सधै बढिरहने छ। भोलि कसैले मलाई मेरो अनुभव सोध्यो भने मसङ्ग उसलाई भन्ने कुनै जवाफ छैन। खुट्टा नभए त जिन्दगीको यात्रा रोकिन्न, मैले त सपना पो बदलिएको हु। यहि सोचेर नै जिवनका हरेक दिन काट्दै छु। सपना न हो निसुल्क देख्न पाइन्छ, कोहि कसैलाई यसको शुल्क तिर्न पर्दैन। उचित समय, दरिलो भाग्य र कडा मिहिनेत भयो भने हरकसैले आफ्ना सपना पूरा गर्छ। मात्र यति हो कि उसलाई जिम्मेवारीको भान नपरोस्।
हामिले जे जस्तो भएपनी सपना देख्न भने छोड्नु हुदैन। सपनाले नै प्रगतीतिर बढाउने रहेछ। हामी सपना देख्छौ, सपना देख्न कुनै रकम लाग्दैन। यो त केबल आस हो, बिश्वास हो, भरोसा हो जो हामी आफ्नै भबिस्यप्रती केन्द्रीत भएर कल्पना गर्ने गर्छौ। एउटा अठोट लिएर अघि बढिरहेका हुन्छौ, त्यहि नै वास्तविक जीवन हो। सपना देख्न सुत्नै पर्छ भन्ने होइन यो त खुला आखाले देख्ने परिकल्पना हो जसलाई यथार्थमा उतार्न सधै प्रयासरत भइरहनुपर्छ। समस्याहरुको परिधिबाट जुझेर एक सुन्दर भबिस्यको खोजिमा दौडनु नै सपना हो, यथार्थता हो। जिवनमा आइपर्ने हरेक समस्यालाई हल गर्दै प्रगतिको सिखर चुम्न अघि बढिरहनु नै सपना पूरा गर्ने एकमात्र बाटो हो। हरेक मानिसहरुका आ आफ्नै सपना हुन्छन्।कोहि डाक्टर,पाइलट,इन्जिनियर,कलाकार वा अरु नै केही नै सपना बोकेर अघि बढिरहेका हुन्छन् । लक्ष्मिप्रसाद देवकोटाले भनेझै,`उदेश्य के लिनु उडि छुनु चन्द्र एक´ हरेक ब्याक्तीले ठुलै सपना बोक्नु पर्दछ। कोहि कतिपयलाई यो पनि थाहा हुदैन कि उनिहरु आगामी दिनमा के बन्न चाहन्छ्न, उनिहरुको केवल एउटै सपना हुन्छ कि सधै सुखी र खुशी रहु। जिवनले उनिहरुलाइ कता मोडेको हुन्छ कसैलाई पत्तो हुँदैन।
बिज्ञानको बदलिँदो युगसङ्गै हरेक वालवालिकाहरुमा सपना पनि बदलिँदो नै छन्। तर के उनिहरु सबै सपना साकार गर्न त्यसरी नै लागिपरेका छन् जसरी एक सफल ब्यक्तिले दु:ख गरेको हुन्छ। बिहानदेखी साझसम्म मोबाइल, कम्पुटर,टेलिभिजन जस्ता साधनमा झुन्डिएर कुनै सपना साकार हुदैन। हरेक आमाबुवाले आफ्ना नानिबाबुको कला कौसलता बुझ्न जरुरी छ। वालवालिकाको रुचि के मा छ भन्ने कुरा पहिचान गरि त्यसैमा मेहिनेत गर्न अभिप्रेरित गर्न सक्नु नै आजका बुवाआमाका लागि एउटा चुनौतीको विषय बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker