कोरोना पछि नेपालको अर्थतन्त्र र नेपालको अवस्था

नगरप्रमुख (इन्जिनियर )दिपक बाबू कंडेल ,पालुङटार नगरपालिका ,गोरखा



कोरोना भाईरस अर्थात (कोभिड १९) का कारण अहिले विश्व थलिएको छ । यतिबेला कोरोनाले बिश्वका करिब सबै देशहरू छोइसकेको छ। कोरोना भाईरसको संक्रमणले बिश्व नै अस्तब्यस्त छ र कोरोना फैलिएको देशहरुको अर्थतन्त्र पनि चौपटमा छ । यो परिस्थितिमा बिश्वका शक्तिशाली रास्ट्रहरु अर्थतन्त्र कसरी बलियो पार्ने भन्नेतिर लागिरहेका छन् ।

महामारीको चपेटामा परेको हाम्रो मुलुक पनि यतिबेला लकडाउन अर्थात् बन्दाबन्दीमा छ। कोरोना भाइरसको संक्रमणबाट जोगिने र नियन्त्रण गर्ने एक मात्र उपाय (लकडाउन) सामाजिक दुरी कायम गर्नु भएकाले त्यसको पालना गर्दै सामाजिक दुरी कायम गर्न हामी करिब ३ महिनादेखि लकडाउनमा छौँ । जसबाट हाम्रो दैनिकी जनजीवनमा प्रभाव पारेको छ भने झन ठूलो प्रभाव देशको अर्थतन्त्रमा पर्न गएको छ।भाइरसबाट बिश्वमा हालसम्म ४ लाख १९ हजार जनाले ज्यान गुमाइसकेका छन भने विश्वका करिब ७५ लाख मानिस संक्रमित छन्। नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने हालसम्म ४६ सय जनमा संक्रमण देखिएको छ भने १५ जनाले ज्यान गुमाईसकेका छन् । यसले ब्यक्तिगत जिवनमा मात्रै नभएर सामाजिक तथा आर्थिक क्षेत्रमा पनि प्रत्यक्ष असर पारेको छ।

विश्वको पहिलो आर्थिक गन्तव्यको रूपमा रहेको चीनले यसलाई नियन्त्रण गर्न सफल भएको छ भने अमेरिका, इटली, फ्रान्स,जर्मनी ,बेलायत र भारत लगायतका शक्तिशाली मुलुकहरू पनि यसबाट आक्रान्त छन।कोराना भाईरसको संक्रमणको असरलाई विश्व अर्थतन्त्रमा हेर्ने हो भने यसलाई सन् १९३४ पछिकै सबैभन्दा ठुलो आर्थिक मन्दिको रुपमा लिईएको छ । कोरोना रोकथामका लागी भाइरस विरुद्धको लडाइँमा अमेरिकाले इतिहासकै ठूलो २० खर्ब डलर बराबरको प्याकेज घोषणा गरेको छ भने भारतले १७ खर्ब भारतीय रुपैंयाँको आर्थिक प्याकेजको घोषणा गरेको छ।त्यस्तै आ-आफ्नो क्षमता अनुसार विभिन्न मुलुकहरूमा आर्थिक सहायताको लागि कोषहरु खडा गरिएको छ।

कोरोना पछिको नेपाली अर्थतन्त्र र नेपालको अवस्था

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नागरिक बचाउनेकी? अर्थतन्त्र ?भन्ने कुराले यतिबेला राज्य नै दुबिधामा परेको छ। नेपाल जस्तो आयातमुखी तथा विप्रेषणमुखी अर्थतन्त्रलाई झन धेरै प्रभाव पार्ने निश्चित छ । कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले निम्त्याएको ‘लकडाउन’ले झन्डै ३ महिनादेखि आर्थिक गतिविधि ठप्प छ। अझै कति समयसम्म यो स्थिति लम्बिने हो कुनै हिसाब छैन।यसबाट लाखौंको रोजगार गुम्ने र मजदुरहरुको दैनिकीमा प्रत्यक्ष असर पर्ने पक्का छ।कोरोना महामारीका कारण दैनिक ज्यालादारी मजदुरहरुको अवस्था खस्किदो अवस्थामा छ।बेरोजगार बढेसंगै गरीबीदर पनि उकालो लाग्ने निश्चितै छ । अहिलेको अवस्था र कोरोना पछीको अवस्थालाई मध्यनजर गर्दै सरकार र रास्ट्रबैँकले राहत प्याकेजहरु ल्याउन जरुरी छ।अर्थतन्त्रमा दुर्गामी नराखेपनि यो आपतकालीन अवस्थामा भने यस्ता प्याकेजहरु उपयोगी हुन्छन् ।

बिश्व बैंकको एक तथ्यांक अनुसार यो बर्ष नेपालले कोरोना भाईरसको महामारीका कारण १.५ प्रतिशत देखि २ प्रतिशतले मात्रै आर्थिक बृद्धिदर हुने कुरा आंकलन गरेको छ ।त्यस्तै अर्थमन्त्रालयको अर्थ बुलेटिनको फागुन अंक २०७६ अनुसार चालु आर्थिक वर्षको कूल राजस्व लक्ष्य १११२ अर्ब रहेकोमा २०७६ माघसम्म जम्मा ५१६ अर्ब मात्र असुली भएको देखिन्छ।त्यस्तै बैंक तथा वित्तीय क्षेत्रका अनुसार आर्थिक बर्षको दर घट्दो क्रममा छ।यसरी हेर्दा अबका दिनमा नेपाली अर्थतन्त्रको प्रमुख उद्देश्य कोरोनाको असरबाट बच्नका लागि विभिन्न कार्ययोजनाहरु सञ्चालनमा ल्याउनु हो।
त्यस्तै राजस्वमा आएको कमि अनुत्पादन क्षेत्रको लगानी नै हाम्रो अर्थतन्त्रको घातक हो। पुर्वाधार र बिकासको नाममा राखिएको पैसा र वितरण मुखी बजेटले हाम्रो जस्तो मुलुकलाई अप्ठ्यारोमा पार्ने देखिन्छ । त्यसैले साना मध्य ब्यवसायीलाई रोजगार सृजनागर्ने क्षेत्रमा उत्प्रेरित गरेर यो विषम परिस्थितिमा दाताहरु भन्दा आफ्नो दिगो ब्यवस्थापन जरुरी छ।

मुलुक कोरोना महामारीको विषम परिस्थिति बाट बाहिर निस्कनासाथ आउने आर्थिक संकटलाई आंकलन गरी अर्थतन्त्रलाई बलियो पार्न राज्यले अहिलेदेखि नै निति तथा कार्यक्रमहरु तय गर्नुपर्छ।कोरोना संक्रमणपछि नेपालमा बेरोजगारीको समस्या धेरै बढ्ने अवस्था आएको हुँदा नेपाल जस्तो अल्पबिकसित देशमा कृषिमा आत्मनिर्भर हुनेभएकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै त्यस क्षेत्रमा बिशेष अनुदान उपलब्ध गराई आयस्रोतको दिगो आयाम बनाउनुपर्छ ।नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको खुद्रा तथा ठुला व्यापार, कृषि , पर्यटन, उद्योग तथा विप्रेषण जस्ता क्षेत्रका कुल ग्राहस्त उत्पादनका आधारमा नै नेपालको अर्थतन्त्र प्रेरित भएको देखिएको हुँदा अर्थतन्त्रको रुपमा सबभन्दा बढी आम्दानी हुँदै आएको पर्यटन ब्यबसाय,यातायात ब्यवसाय र होटेल ब्यवसायिहरुले यतिखेर धेरै नोक्सानी बेहोर्नु परेको छ।यसले नेपालको अर्थतन्त्रमा पनि ठूलो असर पारेको छ। साना तथा ठुला उद्योगहरुले पनि ठूलो क्षति बेहोर्नु परेको यो परिस्थितिमा झन्झन् अर्थतन्त्र कम्जोर हुँदै गएको छ।यसले मुलुकमा भोकमरी समेत निम्त्याउने सम्भावना देखिन्छ।

यस्तो अवस्थामा कृषि क्षेत्रका किसानको लागि आकर्षक योजनाहरु ल्याएर बाँझो रहेका जमिनमा खेतीगर्ने र त्यसअनुरुप अनुदान प्रदान गर्दा कृषि प्रतिको लगाव बढ्छ र स्वरोजगार बन्न सकिन्छ।मुलुकको अर्थतन्त्रको पिल्लरका रुपमा रहेका मुख्य आयामहरुको तत्काल पहिचान गरि तिमिहरुको कार्ययोजना अघि सार्नुपर्ने देखिन्छ। यसो गर्दा महामारी पछि आउने संकटमा सहयोग पुग्न जान्छ।

नेपाल सरकारले समयमै लकडाउन गरेर राम्रो कार्य गर्‍यो तर यसको विकल्पमा अन्य जनमुखी कुराहरु ल्याउनुपर्थ्यो त्यसबाट सरकार पछि हट्यो फलस्वरूप अहिले विषम परिस्थितिमा पनि सरकार विरुद्ध नागरिक सडकमा उत्रिन बाध्यभएका छन् ।

यो अवधिमा पर्याप्त सामग्री भित्र्याउन, अनुभवी छिमेकी मुलुकका विज्ञहरूसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न, स्वास्थ्यकर्मीहरूलाई आवश्यकताअनुसार तालिम दिन र विस्तार गर्नतर्फ लाग्नुपर्ने बेलामा सरकार आफैं सत्ता र कुर्सीको लडाइँमा खर्चेको देखिन्छ ।

यदि समयमै ध्यान नदिने होभने भोलि एउटा समुदाय या गाउँ नभई देश नै कोरोनाको चपेटामा पर्न सक्छ र अहिले जति स्वास्थ्यकर्मीहरु बिना सुरक्षित सामग्री कोरोनासँग लडिरहेका छन् यिनिहरुले पनि आफै हार मान्ने अवस्था आउने छ र नेपाली भुमिमा कोरोनाले बिनाश गर्नेछ । यसतर्फ बेलैमा सरकार र आम नागरिक एकजुट भएर सचेत रहन जरुरी छ।

Source: NP Star

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker