लघुकथा: उपहार -सुदर्शन कंडेल

बिहे गरेको धेरै वर्ष पछिको खुशि भएर होला, कृषबले धेरै नै लाडप्यार पाउछ कृष्ण र शर्मिलाबाट । के भनेर, के गरेर कृषब खुशी र मख्ख हुन्छ आफ्नो बलबुताले भ्याएसम्म पुर्याएका छन उनिहरुले ।
छोराको हाँसोको लागि हासिदिने, रोईदिने, घोडा बन्ने, फाईट खेल्ने सबैकाम हासिखुशिले गर्छन । कृषबको आगमन भन्दा अघि उदास र शुन्य प्राय लाग्ने कृष्णको घरमा उ आएदेखी भने बेग्लै रौनक छाएको छ ।
**********
आज कृषवको छैठौं जन्मदिन ! उपहारले प्रफुल्लित कृषवले अझै अर्को उपहार माग्यो, ‘ बहिनी’ । उसको उपहार मागले रमाईलो माहोलमा फेरि धब्बा लाग्यो ।
*********
छिटै आफुले चाहेको उपहार पाउने आशाले पुल्कित हुँदै कृषव निदायो ।
कृष्ण र शर्मिला दुबै निदाउन सकेका छैनन । दुबै एकअर्काको अनुहार हेरेर पिलिपिली रुदैछन ।
“सुन्न नचाहेको कुरा सुनिरहन पर्दा नमज्जा त लाग्छ नै, तर मन दह्रो बनाउनु पर्छ, रुनु हुँदैन । सुत अब ” आफ्नो आँसु लुकाउदै कृष्णले भन्यो ।
शर्मिलाले लामो सास तानी, बत्ती निभाई अनि कुनामा सुतेको छोराको गालामा म्वाई खाँदै भनि ” तिमिले मागेको उपहार कहिल्यै दिन सक्दैनौ बाबू, अनि हाम्रो लामो प्रयास असफल भए पछि नै तिमिलाई एडप्ट गरेको कुरा तिमिले कहिल्यै बुझ्ने छैनौ, बुझाउदैनौँ।”
भरतपुर-१४, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker