Trending

सम्पादक तिमल्सिनामाथि एन्फा पूर्व अध्यक्षको अभद्र व्यवहारको भर्त्सना

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवंम् हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि गरेको अभ्रद व्यवहारप्रति मन्चले घोर भर्त्सना गरेको छ ।

 

बिहिबार साँझ समाचारका लागि फोन वार्ता गर्ने क्रममा थापाले तिमल्सिनालाई गाली गलौज सहित अभद्र व्यवहार गरेका थिए । थापाका छोरा अभिषेकले तिमल्सिनासँग हाम्रोखेलकुदको थापाथली स्थित कार्यालय परिसरमै गएर वादविवाद गर्ने काम समेत गरेका थिए ।

नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र व्यवहारको जति निन्दा गरेपनि नपुग्ने मञ्चले विज्ञप्तीमार्फत उल्लेख गरेको छ । मञ्च आफ्ना सदस्यप्रति गरिएको यस अभद्र ब्यवहारको घोर भर्त्सना र निन्दा गरेको छ ।

अहिलेको विषम परिस्थतिमा आफ्ना सम्पूर्ण सदस्यहरुको भौतिक सुरक्षा प्रति यस घटनाले मञ्चको गम्भिर ध्यानकर्षण गराएको छ जनाउँदै मञ्च यस घटनाप्रति नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराएको छ ।

यस घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको प्रहार भएको हुँदा मुक दर्शक भएर बस्न सकिन्न । साथै मञ्चले सरकारसँग सम्पूर्ण खेलकुद पत्रकारहरुको सुरक्षा प्रत्याभूति गर्न समेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker