बुवाले इन्डियन आर्मी बनाउन चाहनुहुन्थ्यो तर कलाकार बनेँ : गायक सेन्चुरी

काठमाडौं । गायक खेम सेन्चुरीले पछिल्लो समय लोक साङ्गितीक बजारमा एकछत्र राज गर्दै आएका छन् । बुवाको इण्डीयन आर्मी बनाउने चाहनालाई छोडेर काठमाडौं आएका सेन्चुरी अहिलेका व्यस्त गायक हुन् । उनका बाल्यकाल, संघर्ष र सफलताका बारेमा मकालु खबरले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय बजारमा तपाईँको चर्चा परिचर्चा ब्यापक छ ? यो सफलतालाई कसरी शेयर गर्नुहुन्छ ?
चर्चा परिचर्चा होला । तर त्योभन्दा पनि मेरो काम, कर्तव्य र धर्म निभाइरहेको छु । बाँकी गीत संगीतमा दर्शकहरुले धेरै माया गर्दिनुभएको छ, उहाँहरूप्रति आभारी छु ।

पछिल्लो समय तपाईँका धेरै गीत संगीतहरु बजारमा आएका छन्, कस्तो फीडब्याक पाइरहनुभएको छ ?
एकदमै धेरै राम्रो फीडब्याक पाइरहेको छु । मैले पहिला नै धेरै गीतसंगीतहरु सिर्जना गरीसकेको छु । शब्द संगीतहरु पनि धेरै भरेको छु, र त्यत्तिकै मात्रामा गीतहरु पनि गाएको छु । पछिल्लो समय जब मैले ‘कामी दाइको छोरो’ गीत बजारमा ल्याएँ, दर्शकहरुले धेरै माया दिनु भएको छ । अझ केही व्यवस्थापन गर्न सकेको छैन । राम्रो गर्न सक्छुकि भन्ने हो । साथै यो वर्ष १२ वटा जति तीज गीतहरु बजारमा ल्याएको छु । भगवान्रुपी दर्शकहरुले माया गर्दिनुभएको छ । उहाँहरुप्रति हार्दिक नमन छ ।

कलाकार खेम सेन्चुरी। तस्वीरः सागर बाबु भट्ट, मकालु खबर।

छोटो समयमा ठूलो सफलता पाउनुभएको छ । यो सन्दर्भलाई कसरी लिनुहुन्छ ?
सफलता पाएँ वा पाइनँ । तर दर्शकहरुले जुन किसिमको माया र साथ दिनुभएको छ, त्यसलाई हेर्दा कहिलेकाहीँ राम्रो गरेको छु जस्ता लाग्छ । तर सबैभन्दा म काममा विश्वास गर्छु । गीत संगीतमा लागिरहेको छु । त्यसैले म राम्रो सक्षम कलाकार बन्न चाहन्छु । तर राम्रो गर्न सकेको छु वा छैन त्यो दर्शक स्रोताहरुलाई नै थाहा छ । सधैंभरि दर्शकको यस्तै माया पाइराखुँ ।

धेरै मिठा–मिठा शब्दहरु कोर्नुहुन्छ, संगीतमा उस्तै दख्खल राख्नुहुन्छ स्वर पनि त्यत्तिनै मिठो छ, केही समय यता मोडलिङ्ग पनि गर्नुहुन्छ, खासमा तपाईँलाई मेरो पहिचना चाहिँ के भइदिए हुन्थ्यो जस्तो लाग्छ ?
मोडलिङ्ग मेरो विकल्प मात्रै हो । हुन त सानोमा आफ्नो गाउँ ठाउँमा स्कूले जीवनमा कुनै प्रतियोगिताहरुमा नाँच्थें । तर यी सबै विधाहरु गीत संगीतकै पाटोभित्र पर्छन् । चाहे शब्द, संगीत, नृत्य अभिनय सबै सबै संगीतभित्र नै पर्छन् । सकेको कुरा गर्नुपर्छ भन्ने लाग्छ । तर मैले कतिको न्याय गर्न सकेको छु । त्यो त थाहा छैन । पछिल्लो समय अली बढी भएका छन् । अहिले जत्ति गीत गाउन भनेर साथीहरु आउनुहुन्छ, सबैले हामी आफैँ गरौंन यत्तिको भए हुन्छ भन्नुहुन्छ । म पनि फुरुङ्ग हुन्छु, फीडब्याक पनि राम्रै पाइरहेको छु ।

पहिलेका संघर्षका दिनहरु सम्झँदा कस्ता लाग्छ ? कसरी सम्झिनुहुन्छ, ती दिनहरुलाई ?
संघर्ष सबैका हुन्छन् । अझ भन्नुपर्दा मेरो संघर्षका दिनहरु त के हुनु र कलाकारितामा लाग्नुभएका कतिपय साथीहरु जो खान पनि पाउनुभएको छैन । दुःख त भयो तर आज ती दुःख भुल्ने बाटो दर्शकहरुले बनाइदिनुभयो । मलाई धेरै धेरैले माया गर्नुहुन्छ, हुन त मेरो सानो उमेर इन्डीयामा बित्यो । जब म नेपाल आए अनि लोक गीतसंगीत के हो भनेर बुझें । इन्डीया हुदाँ बुवा ममीले त हिन्दी गीत धेरै गाउँथिस् भन्नुहुन्थ्यो । तर त्यो एउटा रहरले गाउँ अथवा यत्तिकै सुनेको भरमा गाएँ थाहा भएन । तर मलाई हजुरबुवाले गीत गाएको राम्रो मान्नुुहुन्थेन । एउटा सामान्य घरपरिवारमा कुर्किएको म बुवाले इन्डियन आर्मी हुनुपर्छ भन्नुहुन्थ्यो । तर ममीले छोराले जे चाहन्छ गरोस् भन्नुहुन्थ्यो । बुवाको सपना एकतिर मेरो सपना अर्कोतिर भयो । तर आज खुशी हुनुहुन्छ । कति खुशी दिन सकेको छु । त्यो त थाहा छैन, पक्कै पनि धेरै खुशी दिनेछु ।

यत्ति ठूलो सफलता पाउँछु भनेर कहिल्यै सोच्नुभएको थियो ?
मैले कहिल्यै पनि सोचेको थिएन । यो मैले मात्र होइन कसैले पनि सोच्नुहुँदैन । तर हरेक मान्छेको एउटा लक्ष्य हुन्छ । म पनि सानो बेलादेखि नै गीतहरु त गाउँथें । तर कलाकार बन्छु, यत्ति धेरै दर्शकहरुको माया पाउँछु भनेर चाहिँ सोचेको थिएन । यो अचानक भयो । तर आज म धेरै खुशी छु ।

बुवाले इन्डियन आर्मी बनाउन चाहनुभएको थियो, तर तपाईँ कलाकार बन्नुभयो, कलाकारिता क्षेत्रप्रति कहिलेदेखि मोह जाग्यो ?
सायद म ८/९मा पढ्दादेखि नै हो । हुन त म इण्डीयामा हुदाँ पनि राजु परियार, नारायण रायमाझीका गीतहरु त सुन्थें । तर जब म नेपाल आएँ अनि स्कूल पढ्दै गर्दादेखि नै विभिन्न प्रतिगोगिताहरुमा भाग लिन थालें । राम्रो गाउँथें वा गाउँदिनथें थाहा भएन । तर गाउँमा सबैले राम्रो गाउँछस् भन्नुहुन्थ्यो । त्यसपछि मलाई गीत संगीततिर अझ बढी मोह जाग्न थाल्यो । अनि प्रतियोगितातिर गाउन थालें । त्यहाँ हरिया ठाउँ छ । त्यो ठाउँमा राष्ट्रिय कलाकार राजु परियारहरु आउनुहुन्थ्यो । ‘एउटा कुरा मलाई याद छ मैले नमस्कार म विश्वकर्मा खेम भनेको छु ।’ धेरै आत्तिन्थें, डर लाग्थ्यो । जीवनमा कहिलेकाहीँ कमीकमजोरी हुन सक्छन् ती कमीकमजोरीहरुमा मलाई सल्ला सुुझाव दिनुहोला ।

गायक सेन्चुरीसँग गरिएको कुराकानी हेर्नुस्ः

मकालुखवर बाट साभारित

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.