तनहुँ, १६ जेष्ठ ।

तनहुँको व्यास नगरपालिका–१, भादगाउँका एक दम्पतीले आँबुखैरेनीका मृगौंला पिडीतलाई आर्थिक सहयोग गर्नुभएको छ । दुबै मृगौंला फेल भएका आँबुखैरेनी–३, छबिसे टोल नजिकैं बस्दै आउनुभएका ६१ बर्षिय मंगल ढकालको डाईलासिस गर्न आवतजावत तथा थप औंषधी उपचारमा सहयोग पु¥याउने हेतुले भादगाउँका दरै दम्पती शम्सेर दरंै र चन्दा दरैंले संयुक्त रुपमा नगद ४ हजार १ सय ५० रुपैंया आर्थिक सहयोग गर्नुभएको हो । मृगौंला पिडीत ढकालको हप्ताको २ पटक डाईलासिस गराउनको लागि दमौली अस्पताल सम्म जान÷आउन यातयात र औंषधी उपचारमा आर्थिक समस्या भएको सूचना तथा समाचार संचारमाध्यम र सामाजिक संजालबाट जानकारी पाएको र प्रत्यक्ष मृगौंला पिडीत ढकाललाई भेटेर आर्थिक सहयोग गर्न पाउँदा आत्मा सन्तुष्टी मिलेको दरै दम्पतीले बताएका छन् । कोरोना भाईरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारद्धारा जारी गरिएको लकडाउनको यो बिषम परिस्थितीमा दैनिक ज्यालादारी गर्ने मजदुर, दीर्घ रोगी, विपन्न वर्गका व्याक्तिहरु विभिन्न समस्यामा परेको र तिनीहरुलाई आफुले, आफ्नो स्थानबाट गर्न सक्ने सहयोग गरिदिनुहुन सरोकारवाला निकाय, विभिन्न सामाजिक संघसंस्था, क्लबहरु एवं सम्पूर्ण मानव सेवामा समर्पित मनहरुलाई दरै दम्पतीले सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker