च्याङ्ली धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न

गोरखा संसार
फागुन ९, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित खोलाघाटमा रहेको ऐतिहासिक, धार्मिक मन्दिर मंगलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको अवसर पारी फागुन ७, ८ र ९ गते च्याङ्ली शिवरात्री धार्मिक तथा साँस्कृतिक मेला २०७६ सम्पन्न भएको छ । मेलाको उदघाटन नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले गर्नुभएको थियो । सोही अवसरमा बोल्दै उहाँले विगतका बर्षहरुमा भन्दा यस बर्ष भक्तालुहरुको उल्लेख्य मात्रामा संख्या बढेको मा खुशी व्यक्त गर्नुभएको थियो । त्यस्तै गरी आगामी बर्षहरुमा यहाँका स्थानीय उत्पादनहरुको समेत प्रचार प्रसार गर्दै प्रवद्र्धन गर्नको लागी योजना बनाउनुपर्ने र त्यसमा आफूले सकेको सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बिशेष अतिथिको रुपमा वडा नं. ७ का वडाध्यक्षले बोल्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र पिकनिक स्पोटको रुपमा विकास गर्न गुरुयोजना बनिसकेकोले त्यसलाई कार्यान्वयनतर्फ लगिने बताउनुभयो ।
मेलाका अवसरमा ७ र ८ गते च्याङ्ली स्पोर्ट क्लबको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न गरिएको थियो । त्यस्तै गरी ७ गते बेलुका ८ बजेदेखि ११ बजेसम्म स्थानीय कलाकारहरुको साथमा दोहोरी गीत सहित सांगितिक कार्यक्रम गरिएको थियो । जसमा स्थानीय कलाकारहरु अमर गुरुङ, सीता परियार, राजेश परियार लगायतकाको प्रस्तुति रहेको थियो । ८ गते पनि दिउँसोमा भलिबल र बेलुकी ७ बजेदेखि राती ११ बजेसम्म राष्टिय कलाकार सन्तोष दवाडी र सरिता सारु मगरको दोहारीले मञ्च तताएको थियो । त्यस्तै गरी महाशिवरात्री (फागुन ९ गते) विहानदेखि भजन तथा पूजा अर्चना भएकोमा दिउँसो प्रगति महिला समूह याम्पाफाँट तनहूँको आयोजनामा शिवपुरायण बाचन गराइएको थियो । बेलुकी भने राष्टिय कलाकार राधिका हमाल र पवन राना तथा स्थानीय कलाकार अमर गुरुङको प्रस्तुतिले मञ्च तताएको थियो । कार्यक्रममा राधिका हमालको छयाजलो र पवन रानाको भुत्रो मायाजाल गीतको बोलले दर्शकहरुलाई रौनकता प्रदान गरेको थियो ।
पालुङ्टार वडा नं. ७ कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भण्डारी रहनुभएको थियो । च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले स्वागत गर्नुभएको सो कार्यक्रममा प्रगति महिला समूहकी अध्यक्ष रिता तिवारी, दिगो महिला समूहकी सरस्वती कुमाल, लगायतकाले मन्तव्य राखेका थिए । सम्पूर्ण कार्यक्रमको संयोजन गोरखा संसार मिडिया प्रा.लि. गरेको प्रा.लि.का सञ्चालक रविन्द्र कंडेलले बताउनुभयो ।
कार्यक्रमका अवसरमा कार्यक्रम सञ्चालनका लागी र्ने सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।
सोही अवसरमा मन्दिर पुननिर्माण गर्ने पूर्व बआर्थिक सहयोग गर्ने सहयोगीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने मन्दिर पुननिर्माणका क्रममा सहयोग गरिष्ट उपरीक्षक कल्पना पाण्डे र नेपालकै सर्वोत्कृष्ट गाई फर्म कामधेनु गाई फर्मका सञ्चालक राजेन्द्रराज पन्तलाई बिशेष रुपमा सम्मान समेत गरिएको थियो । च्याङ्लीको इतिहासको रुपमा रहेको उक्त मन्दिर २०७२ को भूकम्पपछि पूर्व बरिष्ट उपरीक्षक कल्पना पाण्डे र नेपालकै सर्वोत्कृष्ट गाई फर्म कामधेनु गाई फर्मका सञ्चालक राजेन्द्रराज पन्त र श्रीमती मञ्जु पन्त को लगानीमा पुननिर्माण तथा पाटी निर्माण गरिएको थियो । मन्दिर तथा पाटीको निर्माण गर्ने क्रममा लागेको सम्पूर्ण खर्च उहाँहरुले बेहोर्नुभएको हो ।
उक्त मन्दिर उहाँहरुका पुर्खाहरु सरदार तारानिधी पन्त, कप्तान हरिहर पन्त, स्व.आमा ओमलक्ष्मी पन्त र स्व. बुबा कृष्णराज पन्त र पति रामराज पाण्डेको स्मृतिमा निर्माण गरिएको बताइएको छ ।
सोही अवसरमा खेल जगतमा योगदान पुर्याउनुभएका भुतपूर्व राष्टिय खेलाडी राम बहादुर अधिकारीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमलाई मिनि महोत्सवको रुपमा विकास गर्दै लगेर पुरानो बिरासतमा फर्काउनको लागी मेला आयोजना गर्नू परेको वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो । देशमा ससस्त्र द्धन्द्ध शुरु हुनु अघिसम्म सो स्थानमा हप्तौंदिनसम्म मेला लाग्ने र मेला भर्नका लागी देशका विभिन्न भू भागबाट समेत मेला भर्न दर्शनार्थीहरु आउने गर्दथे । देशमा ससस्त्र द्धन्द्ध पश्चात प्रतिकूल बातावरणका कारण पछिल्ला दिनहरुमा बिस्तारै मेला कम हुँदै जान थालेको र त्यसपछिका दिनहरुमा जताततै मन्दिर स्थापना गरिएकोले पनि यस स्थानमा दर्शनार्थीहरुको संख्या कम हुँदै गइरहेको स्थानीयहरुको भनाई रहेको छ । त्यसैले पनि यस स्थानमा धार्मिक महोत्सवको रुपमा कार्यक्रमहरु अगाडी बढाउन सकेमा विस्तारै दर्शनार्थीहरुको समेत संख्या बढाउन सकिने स्थानीयहरु बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker