च्याङ्ली धार्मिक तथा साँस्कृतिक मेलाका अवसमा सञ्चालित भलिबलको उपाधी भूमिमाइलाई

गोरखा संसार
फागुन ९, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित खोलाघाटमा रहेको ऐतिहासिक, धार्मिक मन्दिर मंगलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको अवसर पारी फागुन ७, ८ र ९ गते च्याङ्ली शिवरात्री धार्मिक तथा साँस्कृतिक मेला २०७६ का अवसरमा च्याङली स्पोट क्लबको आयोजनामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी भूमिमाई युवा क्लब ए ले हात पारेको छ । उपाधी जितेर क्लबले नगद रु.२० हजार, प्रमाण पत्र, मेडल र ट्रफी हात पारेको छ । त्यस्तै उपविजेता हुन सफल भूमिमाई युवा क्लब बी ले नगद रु.१० हजार, प्रमाण पत्र, मेडल र ट्रफी हात पारेको छ ।
दुवै टिमलाई पुरस्कार वितरण भने महाशिवरात्री को दिन नगरप्रमुख दिपकबाबु कंडेलले प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker