Trending

दरबन्दी समायोजन पछि पनि शिक्षक को समस्या हल नभए अन्य उपायबाट हल गरिने — ने.क.पा. प्रवक्ता श्रेष्ठ

गाेरखा संसार
फागुन २, गोरखा ।
दरबन्दी समायोजन पछि पनि शिक्षक को समस्या हल नभए अन्य उपायबाट हल गरिने ने.क.पा. प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । पालुङ्टार नगरपालिकाको वडा नं. ८ स्थित अकला मा.वि.को ४८औं बार्षिकउत्सवको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सोही क्रममा बोल्दै उहाँले उहाँले विद्यालयमा शिक्षक समाधाको लागी पहल भइरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत प्रसाद काराखेतीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव कार्यक्रममा नेपाल राष्टिय बुद्धिजिबी संगठन का केन्द्रीय अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले विशेष अतिथिको रुपमा बोल्दै सम्पूर्ण बुद्धिजीवीहरुसंग समन्वय गर्दै अघि बढिरहेको बताउनुभयो ।


सोही अवसरमा गण्डकी प्रदेशका सभासद हरिशरण आचार्यले विद्यालयमा आर्थिक अनियमितता देखिएको र त्यसप्रति सम्पूर्णले चासो दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले गण्डकी प्रदेश सभासद आचार्यले गर्नुभएको मिथ्या आरोपको खण्डन गर्दै आफ्नो मर्यादा ख्याल गर्नुपर्ने बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ लगायतकाले मन्तव्य राखेका थिए भने विद्यालयका प्रधानाध्यापक राजेन्द्र अंगाईले विद्यालयको समग्र गतिविधीसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छात्रा सन्ध्या अधिकारी र सहायक प्रधानाध्यापक राजेन्द्र रोकाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका अवसरमा विद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षकहरु राजन श्रेष्ठ, विमला देवी श्रेष्ठ, डिल कुमारी थापा र रञ्जना कंडेललाई सम्मान गरिएको थियो भने काराखेती अस्मि लगायतका विभिन्न प्रकारका पुरस्कारहरु र विद्यालयले आयोजना गरेको खेलकुदका पुरस्कारहरु समेत प्रदान गरिएको थियो । सो अवसरमा विद्यालयका छात्र छात्राहरुले आफ्नो प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker