निशान वानियाको उत्कृष्ट निर्देशनमा “झुटो तिम्रो माया”

कविराज ढकाल , काठमाडौं नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् |

यसै सन्दर्भमा लोक दोहोरीका अव्वल  गायक एवम् सर्जकको रुपमा आफुलाई स्थापित गर्न सफल गोरखाका चर्चित सर्जक  रमेश परियारको उत्कृष्ट लय शब्दमा चर्चित लोकप्रिय  गायक मोहन खड्का र   गायिका सन्ध्या वुढाको सुमधुर स्वरमा सजिएको निकै मिठो लोकदोहोरि गित “झुटो तिम्रो माया”  बजारमा रिलिज भएको छ |  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचउछन् ।

लोक तथा दोहोरी गायिका पछिल्लो समय निकै चर्चा बोटल्न सफल गायक  एवम् सेन्टि गितका अव्वबल गायक मोहन खड्का र गायिका सन्ध्या वुढा(काऊलि बुढी)को   सुमधुर स्वरमा एवम् गितकार सुबास बोगटिको  उत्कृष्ट शब्द सृर्जना एवम्  अमित नेपालीको लय रचना उक्त गित “झुटो तिम्रो माया”मा   सजिएको छ | भने उक्त गीतमा पनि माया र प्रेमको विषयलाई नै दर्शाईएको छ  |

यस अघि मोहन खड्काको सुमधुर स्वरमा रहेका गितहरु निकै चर्चाको शिखरमा छन् | मर्ने मिति , आज भन्दा भोलि माया , ए तिम्रो माया , लाल्टिन , सुन सबैले सुन , मैले रिवन  आदि रहेका छन् |

गित
आज मुटु जलाऊदै बाचिराको छु
विश्वास गर्नु भुल भयो म बाट झुटो तिम्रो मायाले दुख पाको छु

केटा :- बैगुनिलाई गुन लाए किन
          धोका होला भनेर सोचिन

केटी :- मेट्दैन यादहरु मेटेर
          रुन मन छ एकचोटि भेटेर

उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट सिनहरुले भरिएको छ |  उक्त गितलाई  निशान वानियाले निर्देशन गर्नु भएको छ भने पछिल्लो समयमा व्यस्त नायक मोडेल विमल अधिकारी सविता कार्कि र विष्णु कुवरको उत्कृष्ट अभिनय रहेको छ समस्तमा गित पनि निकै उत्कृष्ट  रहेको छ | भन्ने कथा बस्तु अनुसार निकै सरल तरिकाले गितको निर्देशन भएको छ |

उक्त गीतलाई Panas films को अफिसियल युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो हेर्न तलको LINK खिच्नुहोस्
https://youtu.be/jkLVcITDqzY

गितले सबैको मन जितोस् शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker