
कविराज ढकाल , काठमाडौं नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् |
यसै सन्दर्भमा लोक दोहोरीका अव्वल गायक एवम् सर्जकको रुपमा आफुलाई स्थापित गर्न सफल रुपमा परिचित गायक गणेश अधिकारी र गायिका अस्मिता वुढाथोकिको सुमधुर स्वरमा सजिएको निकै मार्मिक लोकदोहोरि गित “पासपोर्ट हरियो” बजारमा रिलिज भएको छ | लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचउछन् ।
लोक तथा दोहोरी गायिका पछिल्लो समय निकै चर्चा बोटल्न सफल सर्जक एवम् सेन्टि गितका अव्वबल गायक संचारक्रमि गणेश अधिकारी र गायिका अस्मिता वुढाथोकिको सुमधुर स्वरमा एवम् चर्चित गितकार संगितकार एवम् सर्जक उक्त गितका गायक स्वयम् गणेश अधिकारिको उत्कृष्ट शब्द सृर्जना एवम् लय रचनामा उक्त गित “पासपोर्ट हरियो”मा सजिएको छ | भने उक्त गीतमा पनि माया र प्रेमको विषयलाई बैदेशिक यात्राको क्रममा र परदेशि र घरदेशिको यथार्थ कथा वस्तुलाई टपक्क टिपेर गितको माफर्त बाट दर्शाईएको छ |
यस अघि अधिकारीको सृर्जनामा रहेका गितहरु निकै चर्चाको शिखरमा छन् | अभाव , आशुको कारखाना , वलिदान , जिवन कहानि , पिडाको राजधानि आदि रहेका छन् |
गित
पासपोर्ट हरियो घर धानेर वस् है सानुले आफु त मुग्लानि परियो
केटा :- अंगालोमा बेसरि टासेर
शुभयात्रा भन्देऊ न हासेर
पासपोर्ट हरियो
कस्तो दिनमा प्रदेशी मायाको शिरैमा सिन्दुर भरियो
केटी :- कति साह्रै गरम् खै विन्ति र
बरु घरखेत वेचेर ऋण तिर
उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट सिनहरुले भरिएको छ | उक्त गितलाई चर्चित निर्देशिका स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशन गर्नु भएको छ भने पछिल्लो समयमा व्यस्त नायिका मोडेल सारिका केसि र राजन विसिको उत्कृष्ट अभिनय रहेको छ समस्तमा गित पनि निकै उत्कृष्ट रहेको छ | भन्ने कथा बस्तु अनुसार सारा प्रदेशि रुवाऊने सरल तरिकाले गिचको निर्देशन भएको छ भने जलकाडा म्युजिक प्रा.लि. ले गितको अडियो भिडियो रहेको छ |
उक्त गीतलाई Jalkada Music Pvt Ltd को अफिसियल युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।
भिडियो हेर्न तलको LINK खिच्नुहोस्
https://youtu.be/_FWwss75Yus
गितले सबैको मन जितोस् शुभकामना