शिक्षामन्त्रीलाइ एक शिक्षककाे पत्र , सवै शिक्षाप्रेमीहरूले एकपटक पढनै पर्ने , अरूलाइ पनि शेयर गर्नुहाेला

श्रीमान शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्री   माननीय गिरिराजमणि पोख्रेल ज्यू।

तपाइँ शिक्षा मन्त्री भएको पनि धेरै भइ सक्यो।शिक्षामा आमूल परिवर्तन हुन्छ भन्ने हाम्रो आशामा केही तुवाँलो लागेको हो कि भन्ने अनुभुती हुन थालेको छ।हुन त तपाईंको कार्यकाल
मा मन्त्रालयले सामुदायिक बिद्यालयमा दरबन्दी मिलानका लागि संघ,प्रदेश,जिल्ला तथा स्थानिय तहमा रहने शिक्षक दरबन्दी संख्या निर्धारण गरि दरबन्दी मिलानको बाटो खुला गर्यो।वि स २०७७ देखि लागू हुने गरि कक्षा १ देखि १२ सम्मको पाठ्यक्रमको योजना निर्माण गर्यो।तर यो भन्दा धेरै देखिने गरि कुनै परिवर्तनकारी काम भएको हामिले अनुभुती गर्न पाएका छैनौं।यहि हिउँदे अधिवेशनमा प्रस्तुत गरिने शिक्षा सम्बन्धी बिधयकमा निम्न बुँदाहरु समेटी शिक्षा ऐन संशोधन गर्नु हुन हार्दिक अनुरोध गर्दछु।
१) देशमा गणतन्त्र र संघियताको शुरुवात भए पछि जनता र कर्मचारीले सुबिधा पाउनेछन भन्ने जुन आशा थियो त्यसमा तुषारापात भयो किन कि  २०७६ श्रावण देखि नियुक्त शिक्षक तथा कर्मचारिको पेन्सन खोसियो।योगदानमा आधारित उपादानको रकम राज्यतर्फ बाट भएको ६% मा त्यति नै थपी १२% पुर्याइयोस।
२) लामो समय अस्थायी सेवा गरेका शिक्षकको पुरै अस्थायी सेवा गणना गरि पेन्सनमा निस्कन चाहने शिक्षकका लागि गोल्डेन हेन्डसेक को ब्यबस्था गरि पुराना शिक्षकको बहिर्गमन र नया शिक्षकलाई सेवा प्रवेस गर्ने अवसर प्रदान गरेमा शैक्षिक गुणस्तर सुधार हुने तर्फ ध्यान दिइयोस।
३) जब सम्म शिक्षक सन्तुष्ट हुदैनन,तब सम्म शिक्षण प्रभावकारी हुदैन र गुणस्तर वृद्धि हुदैन।तसर्थ अधिकतम ७ बर्ष स्थ्यायी सेवा गरेको शिक्षकलाइ  निजामती सेवामा जस्तै मास श्रेणी बढुवा तथा माथिल्लो योग्यता भएका र न्युनतम १० बर्ष स्थायी सेवा गरेका शिक्षकलाई तह बढुवा गरि शिक्षकको मनोबल उच्च गर्ने ब्यबस्था गरियोस।
४) हालको शिक्षक बढुवाको आन्तरिक खुलाको २५% र कार्यसम्पादनको ७५% लाई संशोधन गरि न्युनतम ५ बर्ष पूरा गरेका स्थायी शिक्षकलाइ पुरै १००% आन्तरिक खुला प्रतिस्पर्धा बाट बढुवा हुने ब्यबस्था गरेमा भनसुन र भागबण्डाको आधारमा वरिष्ठ शिक्षक पाखा पर्ने र कनिष्ठ शिक्षक बढुवा हुने हालको अवस्थाको अन्त्य हुने थियो।
५) निजामती अस्पताल जस्तै शिक्षक अस्पतालको पनि स्थापना गर्ने ब्यबस्था गरियोस।
६) शिक्षकको उमेरको हद हालको ६० बर्षलाइ हटाइ ५५ बर्ष कायम गरियोस।
७)स्थायी वा अस्थायी समेत जोड्दा २० बर्ष पुगि अवकास लिन चाहने शिक्षकलाइ एकतह बढुवा गरि अवकास लिने ब्यबस्था गरियोस।
८)शिक्षकको मर्यादा क्रम सबै भन्दा उच्च तहमा रहने गरि तोकियोस।
९)शिक्षकलाइ कुनै पनि राजनितिक दलको सदस्य हुनबाट बन्देज गरियोस।संघ,संगठन र महासंघ खारेज गरि स्वतन्त्र शिक्षक समेतको नेतृत्व हुन सक्ने गरि शिक्षकहरुको साझा संगठन स्थापना गर्ने ब्यबस्था गरियोस।उक्त संगठनमा प्रतिनिधित्व गर्ने पधाधिकारी कसैलाइ स्थायी काजको सट्टा तोकिएको समयमा हुने बैठकका लागि मात्र काज पाउने ब्यबस्था गरियोस।
१०) बिद्यालय ब्यबस्थापन समिती गठन सम्बन्धी हालको ब्यबस्था खारेज गरि समितिका सबै पदाधिकारी अनिवार्य रुपमा अभिभावक मध्येबाट नै हुनु पर्ने र अध्यक्ष हुनका लागि कम्तिमा कक्षा १२ उत्तीर्ण हुनु पर्ने ब्यबस्था गरियोस।
११) हाल मन्त्रालयद्वारा जारी गरिएको दरबन्दी मिलानमा अपुग शिक्षकहरुको दरबन्दी अबिलम्ब थप गरि शि से आ द्वारा बिज्ञापन गरि पदपूर्ति गर्ने ब्यबस्था मिलाइयोस।प्रदेश जिल्ला र स्थानिय तहलाइ अबिलम्ब दरबन्दी मिलान गर्न निर्देशन दिइयोस।दरबन्दी मिलान गर्दा बिषयगत समेत मिलाइयोस।
१२) संबिधानले ब्यबस्था गरेको माध्यमिक तह सम्मको निशुल्क शिक्षालाइ कडाइका साथ लागू गरियोस।विभिन्न बहानामा शुल्क लिनेलाइ कडा कार्वाही गर्ने ब्यबस्था गरियोस।
१३) सबै तहमा कार्यरत अस्थायी,राहत तथा करार शिक्षक र कर्मचारिको स्थायी पदपुर्ती १००% खुला प्रतिस्पर्धा बाट हुने र कार्यरतलाई उमेरको हद नलाग्ने ब्यबस्था गरियोस।
१४) शिक्षकलाइ पनि निश्चित मापदण्डका आधारमा बैदेशिक तालिमको अवसर प्रदान गरियोस।
१५) राम्रो काम गर्नेलाइ पुरस्कार र खराब काम गर्नेलाइ दण्डको ब्यबस्था गरियोस।भागबण्डाको आधारमा शिक्षकलाइ रास्ट्रीय शिक्षा पुरस्कार दिने ब्यबस्थाको अन्त्य गरियोस।
१६) बिद्यालय अनुगमन कार्यलाई कडाइका साथ लागू गरियोस।
१७) शिक्षकका दुई जना सम्म सन्ततिलाइ उच्च शिक्षा सम्म निशुल्क अध्ययन गर्ने ब्यबस्था गरियोस।
१८) हरेक बिद्यालयमा एकजना अनमि/नर्स नियुक्त गर्ने ब्यबस्था अबिलम्ब कार्यान्वयन होस।
१९) शिक्षकलाइ प्रत्येक २ बर्षमा अनिवार्य सरुवा गर्ने ब्यबस्था मिलाइयोस।हालको घरपायक ब्यबस्था खारेज गरियोस।दम्पती नै शिक्षक वा कर्मचारी भएमा एउटै स्थानिय तह वा जिल्ला भित्र रहने ब्यबस्था गरियोस।
२०) जुन तहको बिद्यालय छ सोही तहको स्थायी शिक्षक प्र अ हुने गरि अबिलम्ब निर्देशन दिई स्थायी बरिस्ठ शिक्षकको अपमान हुने गरि नियुक्त गरिएका प्र अहरुलाइ प्र अ बाट अवकास दिइयोस।शिक्षकको मानहानी गर्ने र अपमान गर्ने कार्यलाइ दन्डनिय बनाइयोस।
२१) प्र अ नियुक्तिको लागि कम्तिमा स्थायी  सेवा ५ बर्ष पुगेका शिक्षकहरु बाट निवेदन आह्वान गरि बिज्ञापन गरि अधिकतम ५ बर्षका लागि प्र अ नियुक्त गरियोस।प्र अ को नविकरण सोही प्रक्रियाबाट गर्ने ब्यबस्था गरियोस।
२२) प्रथम श्रेणी पश्चात् बढुवा हुने शिक्षकको विशेष पद सिर्जना गरि शिक्षा मन्त्रालय,बिभाग,शिक्षा समन्वय इकाइ वा स्थानिय शिक्षा शाखामा सरुवा गर्ने ब्यबस्था मिलाइयोस।
२३)कर्मचारी सन्चयकोष,नागरिक लगानिकोष तथा शिक्षक किताबखानालाइ स्थानिय तह सम्म पुर्याउने ब्यबस्था मिलाइयोस।
२४) शिक्षकको तलब मासिक रुपमा सबन्धित शिक्षककै खातामा प्रत्येक महिनाको २५ गते नै पोस्टिङ् गर्ने ब्यबस्था गरियोस।
२५) शिक्षकको तलब अन्य कर्मचारिको भन्दा कम्तिमा १०% बढी हुने ब्यबस्था मिलाइयोस।
२६) निजि बिद्यालयबाट हुने बिध्यार्थी शोषण र जथाभावी लिइने शुल्क नियमन गरि बढी शुल्क लिने बिध्यालयको अनुमती खारेज गरि कार्वाही गर्ने ब्यबस्था अविलम्ब गरियोस।
२७) निजि मेडिकल कलेजले बिद्यार्थिबाट ठगी गरि असुलेको रकम अबिलम्ब फिर्ता गरि उक्त मेडिकल कलेजको सम्बन्धन खारेज गरियोस।अन्धाधुन्ध मेडिकल कलेजलाइ सम्बन्धन दिने कार्य बन्द गरियोस।
२८) प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारि मेडिकल कलेजको स्थापना गरियोस।
यी सबै कार्यहरु ऐनमा समेट्न असम्भव छैनन।भोलिका दिनमा मन्त्री पदमा नरहदा वा साधारण जीवन ब्यतित गर्ने बेलामा तपाइँले गरेका शैक्षिक कार्यको जिन्दगिभर सबैले स्मरण गर्ने छन।मन्त्री भए पछि सम्बन्धित मन्त्रालय अन्तरगत जनताले देख्ने र अनुभूत
 गर्ने कार्य गरेमा जिवनको अर्थ सार्थक हुने छ भन्ने कुरालाइ माननीय शिक्षा,बिज्ञान तथा प्रबिधी मन्त्रीले पक्कै पक्कै पनि ध्यान दिनु हुनेछ।
कुसुम न्यौपाने,
संयोजक:स्थायी शिक्षक हकहित मन्च,
नवलपरासी (पुर्व)

One Comment

  1. १३ नंं. बुँदासँग असहमत किनभने राहत शिक्षकलाई आन्तरिकको मौका दिइनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker