स्थानीय डकर्मीलाई सुरक्षित आवास निर्माणका लागि अभिमूखिकरण तालिम

गाेरखा संसार

माघ २२,गाेरखा ।
सुरक्षित तथा गुणस्तरीय निजी आवास निर्माणका लागि स्थानीय डकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देयले गोरखाको पालुंगटार तथा गोरखा नगरपालिका, सिरानचोक, गण्डकी,शहिदलखन र अजिरकोट गाँउपालिकाका विभिन्न वडामा डकर्मी अभिमूखिकरण तालिम संचालन भएका छन् । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले डकर्मीको क्षमता अभिमूखिकरण तालिम संचालन गरेको हो । तालिममा प्रवलीकरण ढुंगामाटोको गारोमा माटो मसलाको जोडाई, इँटा सिमेन्टको गारोमा सिमेन्ट मसलाको जोडाई, पिल्लरवाला घरमा सिमेन्ट मसलाको जोडाई, ठाडो, तेर्सो कोठा विस्तार एवम् तल्ला विस्तार सहित ७ वटा विभिन्न विधामा सुरक्षित आवास निर्माण गर्ने तरिका सिकाईने परियोजनाका इन्जिनियर विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । तालिमका दौरान स्थानीय डकर्मीलाई ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक ज्ञान दिने इन्जिनियर श्रेष्ठले बताउनुभयो ।
परियोजनाले ३ देखि ४ दिनको अवधिमा स्थानीय डकर्मीलाई अभिमूखिकरण तालिम दिएको जनाएको छ । परियोजनाको तालिम लिनुभएका गोरखा नगरपालिका वडा नम्बर १२ बराहका डकर्मी इन्द्र बहादुर कुमालले भन्नुभयो, घर निर्माणका क्रममा गुणस्तरीय सामग्री प्रयोग तथा घर बनाइँदा राखिने बन्धनमा पनि विशेष ध्यान दिनुपर्ने महत्वपुर्ण सिकाई भयो ।
यस्तै परियोजनाले नगरपालिका ÷गाँउपालिकाका विभिन्न वडामा संचाालित तालिममा उपस्थिती जनाउनुभएका जनप्रतिनिधिले स्थानीयस्तरमा रहेका डकर्मीको क्षमता अभिवृद्धिले भविष्यमा समेत सुरक्षित आवास निर्माण हुने तथा रोजगारीको अवसर खुल्ने बताए । पालुंगटार नगरपालिकाका मेयर दिपक बाबु कँडेलले तालिमले बाहिरका मिस्त्री भन्दा स्थानीय मिस्त्रीको सिकाईमा जोड दिने भएकाले रोजगारीको सम्भावना बढ्ने एवम् गुणस्तरीय आवास निर्माणमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । यस्तै अजिरकोट गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष भिमलाल तामाङले े सिकेको सीप तालिमका अवधीमा मात्र नभएर जीवनभरलाई हुने उल्लेख गर्नुभयो । सिरानचोक वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुङले तालिमले सुरक्षित अवास निर्माणका लागि दिर्घकालिन रुपमा मद्दत गर्ने बताउनुभयो । यस्तै, गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामकुमार थापा मगरले सिकाईले स्थानीय मिस्त्रीलाई मापदण्ड अनुसार घर बनाउन उत्प्रेरणा दिने बताउनुभयो । गोरखा नगरपालिका नम्बर १२ का अध्यक्ष डिल बहादुर थापा मगरले स्थानीय डकर्मीको क्षमता अभिवृद्धिले सुरक्षित आवास निर्माणमा जोड दिनुका साथै स्थानीयस्तरमा रोजगारीको समेत श्रृजना गर्न महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker