मित्रताले जित्यो दोश्रो पटक पनि राष्टपति रनिङ शिल्ड

गोरखा संसार,
माघ २३, तनहूं ।
आंबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित मित्रता मा.वि. ले दोश्रो पटक पनि राष्टपनि रनिङ शिल्ड जितेको छ । गाउँपलिकाको आयोजनामा हिजो सम्पन्न रनिङ शिल्डमा पालिका भित्रका सवै विद्यालयहरुलाई पछि पार्दै शिल्ड हात पारेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हरि प्रसाद काराखेतीले जाकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा आज १० बजे विद्यालयबाट सहभागी भई खेलमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
विद्यालयले गत वर्ष सञ्चालन गरिएको राष्टपति रनिङ शिल्ड पनि जितेको थियो ।
आँबुखैरेनी–२, कुडुलेटार मार्किचोकमा माघ १९ गतेदिख २१ गते सम्म संचालन भएके थिये । कार्यक्रममा छात्र तथा छात्रा तर्फ भलिबल प्रतियोगिता र छात्र तथा छात्रा तर्फ १५००÷२००० मिटर दौंड प्रतियोगिता, छात्र तथा छात्राहरुबीच १००,४००, ८०० मिटर दौंड प्रतियोगिता, छात्र तथा छात्राहरुबीच रिले दौंड, छात्र तथा छात्राहरुबीच लङ्ग जम्प, त्रिपल जम्प, फुटबल र भलिबल प्रतियोगिता, ज्याप्लिङ थ्रो, हाइ जम्प, सटपुट, रिले दौंड र फुटबल प्रतियोगिता लगायतका खेलहरू सम्पन्न भएका थिये ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker