धुवाँकोटमा श्री सोलीघोप्टे भूमेश्वर मन्दिरको उदघाटन, सहयाेगीहरूकाे नामावलीसहित

गोरखा संसार
माघ १८, गोरखा ।
पालुङ्टार ८ धुवाँकोटमा श्री सोलीघोप्टे भूमेष्वर मन्दिरको उदघाटन सम्पन्न भएको छ । क्षेत्रजंग भण्डारीको विशेष पहलमा स्थानीय हरुसंगको सहयोग रकम उठाएर मन्दिर निर्माण गरिएको सन्तोष भण्डारीले बताउनुभयो । १६ गतेका दिन शुशीला भण्डारीको संयोजकत्वमा एक कार्यक्रमका बीच मन्दिरको उदघाटन गरिएको उहाँले जनाउनुभयो । वडा नं. ८ दुभारमा निर्मित सो मन्दिर निर्माणको लागी पूरै रकम स्थानीय हरु संग सहयोगस्वरुप उठाइएको थियो । स्थानीयहरुले रु२०० देखि ५० हजार सम्म मन्दिर निर्माणको लागी सहयोग गरेका छन् । मन्दिर निर्माणको लागी सवैभन्द बढी रकम सहयोग गर्नेमा दुभार का भू.पू. सह सेनानी पूर्ण जंग भण्डारी रहनुभएको छ, उहाँले नगद रुं ५० हजार सहयोग गर्नुभएको छ भने क्षेत्रजंग भण्डारीले नगद रु. ३० हजार रुपैयाँ सहयोग गर्नुभएका छ । त्यस्तै गरी मन्दिर निर्माणको लागी स्व. श्री सन्त बहादुर बि.क.का छोराहरु ले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन् । मन्दिर निर्माणका लागी अहिलेसम्म कूल १ लाख ७४ हजार ५ सय ३७ रुपैयाँ रकम खर्च भएको बताइएको छ ।

सहयाेगीहरूकाे नामावली ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker