च्याङ्ली स्वास्थ्य चौकीमा निशुल्क बन्धाकरण शिविर

गोरखा संसार
माघ १९, गोरखा ।
पालुङ्टार ७ च्याङ्ली स्वास्थ्य चौकीमा माघ २६ गतेका दिन निशुल्क बन्धाकरण शिविर हुने भएको छ । स्वास्थ्य कार्यालय गोरखा र सुनौलो परिवार इन्टरनेशनलको सहयोगमा सो शिविर सञ्चालन हुन लागेको स्वास्थ्य चौकी इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो ।
उक्त शिविरमा सन्ताको रहर पुगेका महिलाहरुका लागी मिनील्लाप र वा पुरुषहरुका लागी भ्याक्सेटोमी अप्रेशन हुने समेत इन्चार्ज पाण्डेले बताउनुभयो । चौकीमा हरेक वर्ष यस्तो प्रकारको शिविर सञ्चालन हुँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker