च्याङ्ली स्वास्थ्य चौकीको सुुगर जाँच कार्यक्रम निरन्तर

गोरखा संसार
माघ १९, गोरखा ।
पालुङ्टार ७ मा रहेको च्याङ्ली स्वास्थ्य चौकीले वडा भित्र सुगर जाँच कार्यलाई निरन्तरता दिएको छ । वडाभित्र रहेका सवै टोलहरुमा बैठक भएको दिन पुगेर सवै जनाको सुगर जाँच गरिरहेको र हालसम्म वडाका १८ मध्ये १४ टोल विकासमा जाँच गरिसकिएको स्वास्थ्य चौकी इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार हालसम्म १४ वटा टोलका ८५५ जनामा सुगरको जाँच गरिएकोमा ८७ जनामा समस्या देखिएकोले स्वास्थ्य संस्थामा रिफर गरिएको बताउनुभयो ।
परीक्षणको क्रममा दिर्घ रोग तथा स्वास्थ्य चौकीमा उपलब्ध सेवाका बारेमा समेत पाण्डेले जानकारी गराउंदै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker