च्याङ्ली शिवरात्री धार्मिक मेला हुने

गोरखा संसार
माघ १८, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित खोलाघाटमा रहेको ऐतिहासिक, धार्मिक मन्दिर मंगलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको अवसर पारी फागुन ७, ८ र ९ गते च्याङ्ली शिवरात्री धार्मिक मेला हुने सञ्चालन हुने भएको छ । वडा कार्यालय को सहयोगमा मेला सञ्चालन समिति तथा च्याङ्ली स्पोर्ट क्लबको सह आयोजनामा विविध कार्यक्रम सहित धार्मिक मेला सञ्चालन गर्न लागिएको मेला सञ्चालन समितिका अध्यक्ष रामकृष्ण भण्डारीले बताउनुभयोे । पुरानो र ऐतिहासिक मन्दिर विविध कारणबाट पछि पर्न थाल्यो यसको प्रचार प्रसार गर्न जरुरी छ, त्यसैले यसको प्रवद्र्धन र प्रचार प्रसारको लागी मेला आयोजना गर्न लागिएको हो, उहाँले बताउनुभयो । मेलाका अवसरमा ७ र ८ गते पालुङ्टार नगरपालिकाको वडा स्तरीय भलिबल प्र्र्रतियोगिता सञ्चालन गरिने र सांझ हरेक दिन स्थानीय तथा राष्टिय कलाकारहरुको प्रस्तुति राखिने बताइएको छ । त्यस्तै गरी कार्यक्रमलाई मिनि महोत्सवको रुपमा विकास गर्दै लगेर पुरानो बिरासतमा फर्काउनको लागी मेला आयोजना गर्नू परेको वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो । देशमा ससस्त्र द्धन्द्ध शुरु हुनु अघिसम्म सो स्थानमा हप्तौंदिनसम्म मेला लाग्ने र मेला भर्नका लागी देशका विभिन्न भू भागबाट समेत मेला भर्न दर्शनार्थीहरु आउने गर्दथे । देशमा ससस्त्र द्धन्द्ध पश्चात प्रतिकूल बातावरणका कारण पछिल्ला दिनहरुमा बिस्तारै मेला कम हुँदै जान थालेको र त्यसपछिका दिनहरुमा जताततै मन्दिर स्थापना गरिएकोले पनि यस स्थानमा दर्शनार्थीहरुको संख्या कम हुँदै गइरहेको स्थानीयहरुको भनाई रहेको छ । त्यसैले पनि यस स्थानमा धार्मिक महोत्सवको रुपमा कार्यक्रमहरु अगाडी बढाउन सकेमा विस्तारै दर्शनार्थीहरुको समेत संख्या बढाउन सकिने स्थानीयहरु बताउँछन । कार्यक्रमको संयोजन गोरखा संसार मिडिया प्रा.लि.ले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker