च्याङली बचत तथा ऋण सहकारी संस्था को आठौं बार्षिक साधारण सभा सम्पन्न

गोरखा संसार
माघ १८, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको च्याङली बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । संस्थाको कार्यालय रहेको स्थान आहालेवरमा १८ गते शनिबार का दिन सम्पन्न साधारणसभामा विशेष अतिथिको रुपमा बोल्दै वडा नं. ७ का वडा सदस्य देवीलाल कुमालले सहकारीको मर्मअनुरुप सवैले काम गर्नसकेमा ग्रामीणस्तरमा राम्रो काम हुने र गाउँघरमा सामान्य रुपमा आर्थिक समस्याबाट पिरोलिनु नपर्ने बताउनुभयो । संस्थाका कार्यसमिति सदस्य कोपिला कुमालले स्वागत मन्तव्य राखेकको सो सभामा च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डे, सोही संस्थाका लेखा समिति संयोजक कुमार प्रसाद ढकाल, शिक्षा समिति संयोजक रविन्द्र कंडेल, मजुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठले अध्यक्षको प्रतिबेदन, सचिव गणेशलाल श्रेष्ठले संस्थाको गतिविधीसहितको प्रगति प्रतिवेदन र कोषाध्यक्ष इश्वर कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त सहकारीमा जम्मा २३३ (महिला ११७ र पुरुष ११६) जना सदस्यहरु रहेका छन भने संस्थाको कूल पूँजी करीब २ करोड रहेको छ । साधारणसभाले आगामी दिनमा कर्मचारी भर्ना गरी नियमित बचतमा जोड दिने, इ सेवा मार्फत बत्ती पानीको बिल तिर्ने व्यवस्था मिलाउने तथा बैंकिङ सिस्टम मार्फत कारोबार गर्ने लगायतका निर्णयहरु समेत गरेको छ । साे अवसरमा SEE परीक्षाामा सम्मिलित भइ शेयरधनीका छाेराहरूमध्येबाट उत्कृष्ट राजकुमार श्रेष्ठ र गंगामाया श्रेष्ठका छाेरा राकेश श्रेष्ठ र छाेरीहरूका तर्फबाट ताराबहादुर कुमाल र सीता कुमालकी छाेरी सुमना कुमाललाइ नगद रू १००० सहित प्रमाण पत्र बाट सम्मान गरिएकाे थियाे । त्यस्ते गरी शेयरधनीहरूमध्येबाट जेष्ठ शेयरधनी फूलमाया श्रेष्ठलाइ नगद रू१०००, दाेसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker