अवैध क्रसर उद्योगमा टिपरको ठक्करबाट महिलाको मृत्यु

१७ माघ, गोरखा । अवैध क्रसर उद्योगमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि गोरखा नगरपालिका(१० छेपेटार शुक्रबार बिहानैदेखि तनावग्रस्त छ । बिहान दूध बेच्न गएकी गोरखा नगरपालिका(१० अमलापानीकी ५२ वर्षीयामनमाया तामाङलाई ग १ ख ८०२७ नम्वरको टिपरले ठक्कर दिएको थियो ।
ठक्करबाट सामान्य घाइते भएकी तामाङलाई ब्याक गरी किचेर मारेको भन्दै स्थानीयले क्रसरमा रहेका करिब २० वटा टिपर र ६ वटा एक्साभेटरमा तोडफोड गरेका छन् । ठक्कर दिने टिपर जलाएका छन् ।

क्रसरको कार्यालय र मजदुरको आवासको रुपमा प्रयोग भएका भवनहरु पनि तोडफोड गरिएको छ । अवैध रुपमा सञ्चालन भएको उक्त क्रसर बन्द गर्नुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने स्थानीय र पीडित परिवारको माग छ । माग पूरा नभएसम्म शव नउठाउने पीडित पक्षले अडान लिएका छन् ।
क्रसर परिसरमा पीडित परिवार र स्थानीय जम्मा भएर बसेका छन् । केहीबेर अघि प्रहरी र पीडित पक्षबीच विवादसमेत भएको थियो । पीडित पक्षले डीएसपीमाथि हातपातको प्रयाससमेत गरेका थिए । क्रसरमै आएर वार्ता हुनुपर्ने पीडित पक्षले माग राखेका छन् ।
गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘चालकको मान्छे मार्ने नियत देखिएमा ज्यान मार्ने कसूरमा मुद्दा चलाउछौ, पीडित परिवारले क्षतिपूर्ति पाउनुहुन्छ,’ उनले भने, ‘अवैध क्रसरको कुरामा स्थानीय सरकारले संचालन गर्न दिने अधिकार हुन्छ, स्थानीय तहसँग हामी वैध, अवैध के छ फाइलहरु माग्छौं र अध्ययन गर्छौं ।’
प्रत्यक्षदर्शी भन्छन् – भुइँभरि दूध पोखिएको थियो
महिलालाई किचेर मारेसँगै टिपर चालक घटनास्थल भन्दा केही पर गाडी पार्किङ गरेर भागे । घटना भएको केही समयमै अमलापानीका स्थानीय माधव ठकुरी घटनास्थल पुगेका थिए ।

५० लाख क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पनि उनीहरुको माग छ। प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली र पीडित पक्षबीच पहिलो चरणमा भएको छलफल बिना निर्ष्कष टुङ्गीएको छ। पीडित पक्षसँग फेरि वार्तामा बस्ने प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए।
टिपरको ठक्करले महिलाको मृत्यु स् छेवेटार तनावग्रस्त, २५ सवारी साधान तोडफोड
‘अहिले केही समय छलफल रोकिएको छ, यसलाई फेरि निरन्तरता दिन्छौं,’ उनले भने। अवैध क्रसर संचालक सुरेन्द्र कुवँरलाई पनि वार्तामा सहभागी गराउनुपर्ने स्थानीयले माग राखेका छन्। आफूहरुको माग पूरा नभएसम्म शव नबुझ्ने मृतकका आफन्तको अडान छ।

शुक्रबार बिहान ग १ ख ८०२७ नम्बरको टिपरको ठक्करबाट गोरखा नगरपालिका–१० अमलापानीकी तामाङको मृत्यु भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker