दशहजार घुससहित राजश्व कार्यालय भरतपुरका कम्युटर अधिकृत पक्राउ

गाेरखा संसार

१४ माघ चितवन –
दश हजार घुस सहित आन्तरिक राजश्व कार्यालय भरतपुरका एकजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुयपयोग आयोग हेटौडाँको टोलीले अन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई दश हजार घुस सहित पक्राउ गरेको हो । विद्युतिय विजक जारी गर्ने अनुमति पत्र बनाई दिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा खटिएको अख्तियार टोलीले अधिकारीलाई घुस रकम लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट आज दिउसो पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker