बालकल्याणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोरखा संसार,
माघ १२, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको बालकल्याण मा.वि.मा शनिबार का दिन १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालुङ्टार नगरपालिकाको समन्वयमा रोटरी क्लब अफ बज्र मनासलु गोरखाको आयोजनामा सम्पन्न भएको शिविरको उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा नगर प्रमुख दिपक बाबु कंडेलले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील बिषयमा सवैले ध्यान दिन जरुरी भएको बताउनुभयो । रुसबाबु जोशीको अध्यक्षता सम्पन्न भएको शिविरमा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले नगरपालिकाको तल्लो क्षेत्रमा हस्पिटल नहुँदा समस्या भएको बताउँदै हस्पिटल निर्माणमा सबैले ध्यान पुर्याउन जरुरी रहेको बताउनुभयो । त्यस्तै गरी वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीले शिविर सञ्चालन गर्नु अत्यन्त राम्रो पक्ष भएको बताउनुभयो ।
शिविरमा स्त्री रोग तथा प्रसुती रोग विशेषज्ञ, जनरल फिजिसियन लगायतकाले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा भिडियो एक्सरे सहित निशुल्क औषधीको समेत व्यवस्था गरिएको थियो । शिविरमा करीब २०० जनाले स्वास्थ्य परिक्षण गराएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकराज भट्टले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker