गाइखुरमा ६ करोडको विद्यालय भवन हस्तान्तरण

गोरखा संसार
माघ १३, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ६ स्थित लक्ष्मी मा.वि. गाइखुुरको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी
(नेकपा) गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेको प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरणका क्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले यस विद्यालयको प्रगतिको कामना गर्नुका साथै शैक्षिक क्षेत्रको विकासमा जोड दिन आग्रह गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक गणेशराज सेडाईले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै गरी कार्यक्रममा विशेष अतिथिको रुपमा जिल्ला कार्यान्वयन इकाई गोरखाका प्रमुख विष्णु मिश्र, नेकपा पालुङ्टारका अध्यक्ष विवस चिन्तन, शिक्षक महासंघ गोरखाका अध्यक्ष ध्रुव कुमार भटट, एकिकृत अखिेल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य रामकाजी अधिकारी, पालुङ्टार नगरपालिका शिक्षा शाखाका नगर शिक्षा अधिकारी बाबुराम काराखेती, वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटी लगायतकाले मन्तव्य राखेका थिए । विद्यालयका शिक्षक रमेश रोकाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा निर्माण कम्पनीका कन्सल्टेन्ट इन्जिनियर निशान अधिकारी, पालुङ्टार नगरपालिका शिक्षा शाखाका विद्यालय निरीक्षक माधव पोखरेल, वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, भू.पू. विद्यालय व्यवस्थापन समितिका अध्यक्षका तर्फबाट बेद बहादुर पन्त, रजगरे मा.वि.का प्रधानाध्यापक गोविन्द कुमार मल्ल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयको समग्र गतिविधीहरुको बारेमा विद्यालयका प्रधानाध्यापक टिकाराम श्रेष्ठले राख्नुभएको थियो ।
२०७२ सालको गोरखा भूकम्पपछि जाइका सरकारको ऋण सहयोगमा गोरखाका धेरै विद्यालयहरु पुननिर्माण भइरहेका अबस्थामा उक्त विद्यालय भ्याट बाहेक कूूल ५करोड ९२ लाख को लगानीमा २१ कोठाको ३ वटा सुविधा सम्पन्न भवनहरु को निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको हो । विद्यालय भवनको साँचो संघीय संरचनाअनुसार हस्तान्तरण गरिएको थियो ।
जापान सरकारको सहयोग निकाय जाइका को आर्थिक सहयोगमा निर्मित सो विद्यालय अपांगमैत्री, बालमैत्री, सहित सौर्य जडित सुविधासमेत रहेको इन्जिनियर निशान अधिकारीले बताउनुभयो । निर्माण शुरु गरेको २१ महिनापछि विद्यालयको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न लागेको समेत इन्जिनियर अधिकारीले बताउनुभयो ।
इसिडी देखि कक्षा १२ सम्म पठन पाठन भइरहेको सो विद्यालयमा कूल ३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker