तनहुँमा चितुवाको आक्रमण बाट फेरी पनि १ बालकको मृत्यु

गाेरखा संसार

तनहुँ, माघ १३

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं.४ लोहीपाखामा सोमबार  चितुवाको आक्रमणबाट बन्दिपुर गाउँपालिकाको वडा नं. ४ स्थित लोहीपाखा  निवासी शुक बहादुर बि.क.तथा पबिता बि.क.का छोरा ११ बर्षिय इशाक बि.क. सुनारको मृत्यु भएको  इलाका प्रहरी कार्यलय भानु मुकाम डुम्रेले जनाएको छ । साँझ ६ बजेतिर घर भन्दा  १०० मिटर पर गाउँमा भएको क्षेवरको भोज सकेर घर फर्कने क्रममा आमासंगै घर फर्केका ईशाक लाइ बाटै बाट चितुवाले झम्टेर लगेको थियोे । छोरालाई चितुवाले लगेपछि आमाले हारगुहार गरि गाउलेहरुलाई खबर गरि खोज तलास गर्ने क्रममा करिब ४५ मिनेट पछि बाटोभन्दा लगभग ८० मिटर तल डोडेखोलामा मृत अबस्थामा बालक फेला पारेका थिए । उनी स्थानीय श्री शिद्दा देबि प्रा बि मा कक्षा ३ मा अध्यायनरत बिद्यार्थी हुन् ।

चितुवाको आक्रमणबाट तनहुँमा २ वर्षको अवधिमा ९ जना  बालबालिकाको मृत्यु भइसकेको छ । केही समय अघि पनि आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको थियो । तनहुँको भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकामा चितुवाले बिगत केही समय देखि आतंक मच्चाइरहेको छ ।

जिल्लाको भानु, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवा आतंक बढ्दै गएको छ। यस क्षेत्रमा करिब दुई वर्षको अवधिमा यो सहित ९ जना बालबालिकाले ज्यान गुमाएका छन्।

घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीको टोलि पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker