पार्टीभित्र कुनैपनि गुट उपगुटले अघि बढनु हुँदैन — प्रवक्ता श्रेष्ठ

गोरखा संसार,
माघ ११, गोरखा ।
राष्टिय सभामा भर्खरै निर्वाचित हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सम्मानका लागी आयोजित एक कार्यक्रममा समाजबाद स्थापना गर्ने उदेश्यका साथ दुइ पार्टीको एकता भएको बताउनुभएको छ । निर्वाचनमा विजयी भएपछि नेकपा पालुङ्टारले आयोजना गरेको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सो क्रममा बोल्दै उहाँले आफू जुनसुकै तह र पदमा भएपनि आफ्नो राजनैतिक धरातल बिर्सन नहुने बताउनुभयो । पार्टीभित्र कुनैपनि गुट उपगुटले अघि बढनु हुँदैन , बैचारिक रुपमा छलफल गरेर पार्टीलाई सक्षम बनाउनुपर्दछ । नेताहरुलाई ठीक ठाउँमा ल्याउन कार्यकर्ताको ठूूलो भूमिका रहने पनि उहाँले बताउनुभयो । व्यक्तिमुखी नभईकन अघि बढनुपर्दछ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्दछ । को ठीक होइन के ठीक भन्ने कुरा भन्न सकिएन भने कम्युनिष्ट पार्टी सुध्रन सक्दैन । उहाँले भन्नुभयो ।
पालुङ्टार नगरपालिकाको सभाहलमा नगरपार्टी अध्यक्ष बिबस चिन्तनको अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker