बार्षिकउत्सवमा शैक्षिक सामग्री बितरण

तनहंु, डुम्रेे ।

बन्दीपुर गाउँपालिका–१ पिप्ले स्थित पवित्रा माध्यामिक विद्यालयको ६२ औं वार्षिकोत्सव तथा चिजकुमार विष्णुकुमारी सामुदायिक क्याम्पसको ११औं वार्षिकोत्सवको अवसर आईतबार साना विद्यार्थीहरुलाई स्कुल झोला तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ।

तनहुँ १ का प्रतिनिधी सभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानको प्रमुख आतिथ्यतामा सम्पन्न  उक्त कार्यक्रममा बन्दिपुर १ छाप  मोहोरिया निबासी अमृत श्रेष्ठ,लक्ष्मी श्रेष्ठ, तुलसा श्रेष्ठ ,बिनोद श्रेष्ठ तथा बिनिता श्रेष्ठले उक्त सामाग्री सहयोग गरेका हुन् ।गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्न पाएकोमा आफुहरुलाई खुशी लागेको श्रेष्ठ परिवारले बताए।उक्त शैक्षिक सामाग्री प्रमुख अतिथि सांसद श्रेष्ठले वितरण गरेका हुन।

कार्यक्रममा राष्ट्रिय सभाको सदस्य भगवती न्यौपानेले पार्टीले आफ्नो योगदानको कदर गर्दै थप जिम्मेवारी दिएको बताउँदै जनताको आशा तथा भरोशा खेर जान नदिने गरि आफ्नो जिम्मेवारी पुरा गर्ने बताउनुभयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षा शास्त्र संकायका डीन प्रा.डा.कृष्णप्रसाद गौतम, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष भानुभक्त पोख्रेल, तनहुँ उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष मानकाजी श्रेष्ठ,चिजकुमार विष्णुकुमारी सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख माधव पण्डित ,पवित्रा माध्यामिक विद्यालयका बिद्यालय  व्यवस्थापन समितिका अध्यक्ष क्षितिज लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको सभापति चिजकुमार विष्णुकुमारी सामुदायिक क्याम्पसका अध्यक्ष इन्द्र बहादुर कुवरले यस आसपासका विद्यार्थी तथा अभिभावकहरुलाइ क्याम्पसले घरमा नै बसेर उच्च शिक्षा अध्यायन गर्न सहज बनाएको भन्दै सबैको साथ र सहयोगको अपेक्षा गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो भने कार्यक्रममा चिजकुमार विष्णुकुमारी सामुदायिक क्याम्पसका उपाध्यक्ष सरिता पियाले स्वागत मन्तव्य तथा कार्यक्रम संचालन पबित्रा मा बि का प्राचार्य रघुनाथ पन्डितले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker