बिष्णु माझि र  वसन्त थापाको आवाजमा “सयको गुन” लोकप्रिय वन्दै सुनिल क्षेत्री र मारिष्का पोखरेलको डान्सिङमा

कविराज ढकाल , काठमाडौं नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् |

यसै सन्दर्भमा लोक दोहोरीका अव्वल  गायिका रुपमा परिचित गायिका विष्णु माझि र लोकप्रिय सर्जक एवम् गायक वसन्त थापाको को सुमधुर स्वरमा सजिएको निकै राम्रो लोकदोहोरि गित “सयको गुन तिरौला हजारैले” हिजो बजारमा रिलिज भएको छ |    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई अझैं बढि दर्शकश्रोताले रुचउछन् ।

लोक तथा दोहोरी गायिका पछिल्लो समयकि चर्चित गायिका  विष्णु माझि  र गायक एवम् सर्जक वसन्त थापाको सुमधुर स्वरमा एवम् चर्चित गितकार एवम् सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट शब्द सृर्जना र गायक स्वयम वसन्त थापाको उत्कृष्ट लय रचनामा उक्त गित “सयको गुन तिरौला हजारैले”मा   सजिएको छ | भने उक्त गीतमा पनि माया र प्रेमको विषयलाई बैदेशिक यात्राको क्रममा दर्शाईएको छ |

गित
हेरिराख मायालु नजरैले    सयको गुण तिरौला हजाराले

केटा :- पानिको मुल पारिको वनमा छ
प्रिरतिको मुल तिम्रो मनमा छ

केटी :- हेराईमै प्रिरति पोखियो
धड्कन बढ्यो पाईलो चै रोकियो

उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट सिनहरुले भरिएको छ |  उक्त गितलाई चर्चित निर्देशक एवम् अव्वल डान्सरका रुपले चिनिएका सुनिल क्षेत्रीले निकै फरक तरिकाले निर्देशन गरेका छन् भने डान्सिङ्ग फिचरमा सुनिल क्षेत्री र सालको पात टपरि गितमा नाच्ने मोडल मरिष्का पोखरेलको रहेको छ  | भने समस्तमा गित पनि निकै उत्कृष्ट  रहेको छ |

यस अधि थापाका “उहि खोलिमा पानि” , “सालको पात टपरि” “चौतारिको वर” “लोभि आखा” “खेतमा वोकेझार” आदि सृर्जनाहरु चर्चामा छन् |

उक्त गीतलाई Basanta thapa को अफिसियल युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो हेर्न तलको LINK खिच्नुहोस्
https://youtu.be/dqzOIf61mFY

गितले सबैको मन जितोस् शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker