जनताको सेवा गर्दा नै मलाई रिल्याक्स हुन्छ — न्यौपाने

गोरखा संसार,
माघ १०, गोरखा ।
राष्टिय सभामा भर्खरै निर्वाचित सदस्य भगवती न्यौपानेले जनताको सेवा गर्दा नै आफूलाई रिल्याक्स हुने बताउनुभयो । उहाँले आफूले गरेको संघर्ष आफ्नो लागी मात्र नभई समग्र जनताको लागी गरेको र आफ्नो जित समग्र तनहूँका जनताको जित भएको समेत बताउनुभयो । राष्टिय सभा निर्वाचनमा आफू निर्वाचित भए पनि आफू सदैव तनहूँका जनताको साथमा हुने समेत प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएको छ । उहाँले सो कुरा आज डुम्रेमा गरिएको एक सम्मान कार्यक्रममा बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा को बन्दिपुर वडा नं. १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफू कहिल्यै पनि जनताको म्यान्डेट भन्दा बाहिर नजाने बताउनुभयो । आफूबाट जानी जानी कुनै गल्ती नहुने तर मानवबाट भूल पनि हुनसक्छ त्यसैले मलाइ बारम्बार झक्झक्याउनुहोस , उहाँले भन्नुभयो ।
न्यौपाने माघ ९ गतेमात्र सम्पन्न राष्टिय सभाको निर्वाचनमा गण्डकी प्रदेशबाट महिलातर्फबाट निर्वाचित हुनुभएको हो । उहाँ प्रतिद्धन्दी बिमला गौचनलाई १०२६ मतले पछि पार्दै कूल ३३६६ मतका साथ विजयी हुनुभएको होे । उहाँसंगै नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि गण्डकी प्रदेश बाटै प्रतिद्धन्दी सूर्य प्रसाद रेग्मीलाई १२१८ मतले पछि पार्दै कूल ३४६२ मतका साथ निर्वाचनमा विजयी हुनुभएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker