
कविराज ढकाल , काठमाडौं नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् | यसै सन्दर्भमा लोक दोहोरीका अव्वल गायक एवम् सर्जक रविन लामिछाने र गायिका सुनिता थापा मगरको आवाजमा सजिएको निकै मिठो लोक दोहोरी गित रिलिज भएको छ | । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई अझैं बढि दर्शकश्रोताले रुचउछन् ।
लोक तथा दोहोरी गायक प्रत्यक्ष घम्साघम्सी दोहोरीको राजाको रुपमा बजारमा अत्यन्तै रुचाईएका गायक रविन लामिछाने र गायिका सुनिता थापा मगरको आवाजमा सजिएको गित “फिल तोरिको”मा चर्चित गोरखालि सर्जक रमेश परियारको उत्कृष्ट शब्ज सृर्जनामा सजिएको छ भने उक्त गीतमा पनि माया र प्रेमलाई दर्शाईएको छ |
केटा
फुल तोरिको
क्या माया लाग्छ नि कालि मोरिको
हे कति माया था पाऊछेऊ दिन्छु म
आखा वन्द गरेनि चिन्छु म
केटी
रिवन डोराको
क्या माया लाग्छ नि काले मोराको
हे तिम्लाई भेटे भेटियो भात खाको
पत्तै पाऊन दिन गाको रात गाको
उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट सिनहरुले भरिएको छ | संसारकै ख्याति प्राप्त प्रसिद्द धाम गोरखाको मुख्य चिनारी मनकामनामा मन्दिर पकिसरमा सुटिग गरिएको छ | पछिल्लो समय निकै चर्चामा रहेका निर्देशक काजिश श्रेष्ठले गितलाई निकै फरक तरिकाले निर्देशन गरेका छन् | भने उक्त गितमा चर्चित मोडेल सारिका केसि र गोरखालि सर्जक रमेश परियारको निकै उत्कृष्ट डान्सिंग फेचर रहेको छ | समस्तमा गित निकै उत्कृष्ट रहेको छ |
उक्त गीतलाई R.C SAPKPTA OFFICAL युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।
भिडियो हेर्न तलको LINK खिच्नुहोस्
https://youtu.be/GFFjXq6Svys
गितले सबैको मन जितोस् शुभकामना