नेवा:देय दबु नेवा:राष्ट्रिय संगठनको बन्दिपुर गाउँपालिका भेला सम्पन्न

“भाषा र सस्कृतिको जगेर्ना गर्दै नेवा पहिचान जोगाउ”भन्ने नाराका साथमा माघ ४ गते शनिबार दिउँसो २ बजे डुम्रे सास्कृतिक युवा परीवार को भवन डुम्रेमा नेवारीहरुको स्वतन्त्र सस्था नेवा:देय दबु नेवा:राष्ट्रिय संगठनको गाउँपालिका भेला सम्पन्न भएको छ।

 

बन्दिपुर गाउँपालिकाको ६ वटा कै वडा भरि बसोबास गर्ने  नेवार समुदाय हरुलाइ संगठित गरेर नेवारी सस्कृती र परम्पराको जगेर्ना गर्दै आफ्नो जातीय हितको लागी काम गर्ने उदेश्यले उक्त भेलाको आह्वान गरिएको झिगु नेवा पुच डुम्रेका अध्यक्ष राजेश पियाले बताएका छन् ।

 

उक्त भेलाले राजेश पियाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ।समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ,किसन प्रधान,सचीव राजु खड्गी,सह सचीव लक्ष्मी श्रेष्ठ,कोषाध्यक्षमा अर्जुन श्रेष्ठ,पत्थर प्रधान,जितेन्द्र लाल भुमि,सुस्मा पिया,मन्जु प्रधान,रमला श्रेष्ठ,जिबन श्रेष्ठ र हेमलाल श्रेष्ठ रहेका समिति चयन गरेको छ भने सल्लाहकारहरुमा घनश्याम श्रेष्ठ,मानकाजी श्रेष्ठ,जिबन कायस्थ,लाल कुमार श्रेष्ठ,राजेन्द्र पिया र शिव कुमार श्रेष्ठ रहेका छन् ।

 

यसैगरी भेलाले नेवा मिसा दबु पनि सुस्मा पियाको अध्यक्षता मा गठन गरेको छ। उपाध्यक्षमा मन्जु प्रधान,सचीव मुना श्रेष्ठ,कोषाध्यक्ष सम्झना श्रेष्ठ,र सदस्यहरुमा रमला श्रेष्ठ,प्रमिला श्रेष्ठ,सुनिला पिया,रहिता श्रेष्ठ र रमा राजभण्डारी  चयन भएको बताइएको छ।

 

भेलामा सम्पुर्ण नेवारी समुदायलाई अनिवार्य नेवारी पोसाकमा प्रवेश शुल्क रु २००/-  सहित उपस्थिति भै दिनु हुन समेत आयोजकले अनुरोध गरेको थियोे भने सम्पुर्ण उपस्थित सदस्यहरुलाइ खाजाको ब्यवस्था तथा नेवारी पोसाकमा आउनेहरुलाई विशेष पुरस्कारको समेत ब्यवस्था गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker