नमूना विद्यालय बनाउन कुनै कसूर बाँकी नराखिने

डिल्लीराम भट्ट, गोरखा संसार
माघ ६, गोरखा .
भीमसेन गाउँपालिका ४ स्थित भगवती माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन कुनै पनि कसूर बाँकी नराखिने कुरा ५६ औं बार्षिक उत्सवका अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बताउनुभयो ।
विललय व्यवस्थापन समितिका अध्यक्ष मायादेवी सुर्खेती को अध्यक्षतामा माघ ५ र ६ गते सम्पन्न बार्षिकउत्सव कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम तथा वडा स्तरीय लोकनृत्य प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । ५ गते उदघाटनका दिन गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले प्रमुख अतिथिको रुपमा कार्र्यक्रमको उदघाटन गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयका संस्थापक विभिन्न कालखण्डका प्रधानध्यापक दीर्घ सेवी शिक्षकहर साथै उत्कृष्ठ शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा विभिन्न अक्षयकोषबाट लक्षित विद्यार्थीहरुलाई छात्रबृत्ति समेत प्रदान गरियो। पालिका स्तरीय लोकनृत्य प्रतियोगिता मा नवजागृति चण्डी मावि अश्राङ्ग प्रथम, शान्ति माबी बगुवा द्वितीय, प्रभात मावि तृतीय र जागेश्वर माध्यमिक विद्यालय ले सान्त्वना स्थान प्राप्त गरेके थिया । साथै विभिन्न व्यक्तिहरुबाट ६० हजार रुपैयाँबराबरको नयाँ अक्षय कोष को स्थापना भएके छ । अभिभाववहरूले विद्यालय को उन्नयनमा को लागि कुनै कसर बाँकी नराख्ने प्रतिबध्दता समेत सेा अवसरमा व्यक्त गरेका थिए ।

भुकम्पपछि छेद बिच्छेद भएको बिधालयको नयॉं भबन निर्माण पश्चातको यो नै पहिलो कार्यक्रम हो । अहिले करिब ६ करोडको लागतमा ४ वटा सुविधा सम्पन्न भबनहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker