वडा कप फुटबल को उपाधी खत्रीटार युथ क्लबलाई

रविन्द्र कंडेल
माघ ५, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ मा माघ २ गतेदेखि ५ गतेसम्म सञ्चालित प्रथम वडा कप फुटबल प्रतियोपता २०७६ को उपाधी खत्रीटार युथ क्लब खत्रीटार ले हात पारेको छ । चारकुने टोलविकास संस्थालाई ३ — ० गोल अन्तरले पछि पार्दै फाइनल खेलमा पुगेको खत्रीटारले रियलसनस्टार युवा क्लबलाई २ — १ गोल अन्तरले पछि पारी उपाधी जितेको हो । उपाधीसंगै नगद रु। २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
त्यस्तै गरी च्याङ्ली स्पोर्ट क्लबलाई पेनाल्टी सुट आउटमा ४ — ३ गोल अन्तरले पछि पार्दै खत्रीटारसंग फाइनल खेलेको रियलसनस्टार युवा क्लब आहालेबरले भने उपविजेताको रुपमा चित्त बुझाउनुपरेको थियो । उपविजेता रियलसनस्टारले नगद रु। १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
खेलमा वडा नं. ७ भित्रका १३ टिमको सहभागिता रहेको थियो ।
पालुङ्टार नगरपालिका वडा नं. ७ कार्यालयको आर्थिक सहयोगमा च्याङ्ली स्पोर्ट क्लबले खेलको आयोजना गरेको थियो । ५ गते क्लबका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले च्याङ्लीभित्रबाट सवै राम्रा खेलाडीहरुलाई मिलाएर शसक्त टिम बनाउनुपर्ने मा जोड दिनुभएको थियो ।
सो फुटबल प्रतियोगितामा सर्वेत्कृष्ठ खेलाडी युकेश गुरूङ, सर्वाधिक गोलकर्ता बिपिन के।सी।, तथा उत्कृष्ट गोलरक्षक बिबेक अधिकारी, उत्कृष्ट मिडफिल्डर अविसन थापा, उत्कृष्ट डिफेन्स प्रदिप कुमाल लाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएके थियो । प्रदिप कुमाल र युकेश गुरुङ रियल सन स्टारका खेलाडी हुन भने बाँकी सवै खत्रीटारका खेलाडी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker