च्याङलीमा पुननिर्माण, समस्या र चुनौती तथा नयाँ कानुन सम्बन्धि अन्तरक्रीया कार्यक्रम हुँदै

पालुङ्टार नगरपालिकाको वडा न ७ मा भुकम्प पछीको पुननिर्माण समस्या र चुनौती तथा नया कानुन सम्बन्धि अन्तरक्रीया कार्याक्रम हुने भएको छ । पालुङटार नगरपालिका वडा न ७ वडा कार्यालयको समन्वयमा माघ ३ गते (शुक्रबार) हुने उक्त कार्यक्रममा वडाले सम्पुर्ण टाेल बिकास सस्थाको अध्यक्ष लगाएत टाेलबाट कम्तीमा ५ जना ब्यक्तिहरुलाइ उपस्थितिको लागि अनुरोध समेत गरेको वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनु भएकाे छ। कार्यक्रम जीवन ज्योति मा बि को सभा हल बिरुवाटारमा हुनेछ ।  कार्यक्रम  रास्ट्र निर्माण मन्चले आयोजना गरेको हाे। कार्यक्रममा भूकम्पपछिकाे पुननिमार्णाकाे अवस्था, पुननिर्माणका क्रममा देखिएका समस्या तथा कानुनी व्यवस्थाका बारेमा समेत छलफल र परामर्श गरिने रास्ट्र निर्माण मन्चका रमेश अधिकारीले बताउनुभएकाे छ । कार्यक्रममा कानुनी अवधारणाका बारेमा जानकारी गराउन कानुनविदहरूकाे समेत उपस्थिति हुने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker