कागबेनि मेला सारङ्गि संसारको साथ समापन रातडाडा युवा क्लवले गर्यो फोहोरमैला व्यवस्थापन

कविराज ढकाल गोरखा नेपाल || गोरखा जिल्ला स्थित पालुङ्टार नगरपालिका वडा न 2 र सिरान्चोक गाऊपालिका वडा 4 को संगम स्थलमा रहेको प्रसिद्द धार्मिक स्थल कागवेनिमा मागेसक्रान्ति मेला सु सम्पन्न भएको छ | कागवेनि संरक्षण समितिको मुख्य आयोजना तथा रातडाडा युवा क्लवको सह आयोजनामा मेला सम्पन्न भएको हो |

मन्दिरलाई पर्यटक क्षेत्रको रुपमा विस्तार गर्नको लागि मेला आयोजना गरिएको आयोजकले जनाएको छ |  उक्त कार्यक्रममा संरक्षण समितिका अध्यक्ष श्री रमेश पोखरेल ज्युको सभापतित्व एवम् गोरखा क्षेत्र न 2 प्रदेश सभा सदस्य माननिय प्रकाशचन्द्र दवाडि ज्युको प्रमुख अातिथ्यता रहेको थियो |

विभिन्न धार्मिक किम्वदन्ति रहेको कागवेनिमा अहिले नया मन्दिररो साथमा एक जोडि कागको फोटो राखिएको छ | उक्त मेला हेर्नको लागि धेरै दर्शक हरुको घुईतो थियो  | राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको साथ र पछिल्लो समय टुयुवमा निकै रुचाईएको कार्यक्रम सारङ्गि संसार टिमको पनि आगमनले दर्शक स्रोतालाई निकै मनोरन्जन दिनुका साथै कार्यक्रमको रौनक थपिएको थियो | कलाकारहरु प्रदिप त्रिपाठि , उपेन्द्र देवकोटा , रेशम निर्दोष , प्रतिमा विश्वकर्मा लगायत सारङ्गि संसारका टिम थिए |कार्यक्रम निकै अनुशासित तवरले सु सम्पन्न भएको थियो | उक्त कार्यक्रम समापन पश्चात सह आयोजकको रुपमा रहेको रातडाडा युवा क्लवले कार्यक्रम स्थल एवम् मन्दिर परिसर वरपर फोहोर व्यवस्थापन एवम्  सरसफाई गरेको थियो | उक्त कार्यक्रमको सहभागि स्थल , मन्दिर परिसर र दर्शक स्रोताद्दारा फाकिएको फोहोरहरुको संकलन गरि उचित व्यवस्थापन गरेको रातडाडा युवा क्ववका कोषाध्यक्ष पालुङ्टार नगरपालिका वडा 2 घर भई हाल काठमाण्डौ निवासि विष्णु न्यौपानेले जानकारि दिनुभयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker