बन्दीपुरमा अप्रेशन सेवा शुरू

गाेरखा संसार

बन्दीपुर गाउँपालिकाको बन्दीपुर अस्पतालमा अप्रेशन सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल सरकारको सहकार्य र निक साइमन्स इन्ष्टीच्यूटको आवश्यक सामाग्रिको सहयोगमा सञ्चालनमा ल्याइएको उक्त अप्रेशन सेवाको सोमबार एक कार्यक्रममका बीच गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले शुभारम्भ गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष एवं अस्पताल कार्य सञ्चालन समितिका अक्ष्यक्ष थापाले अप्रेशन सेवा सञ्चालन गर्नु बन्दीपुर अस्पताल र बन्दीपुर गाउँपालिकाको पनि मुख्य उपलब्धी भएको बताए । उनले अस्पतालको कार्यक्षेत्र भित्रका असहाय, विपन्न समुदायका नागरिकहरुलाई सहज र सहुलित रुपमा सेवा प्रवाह गर्ने लक्ष्य गाउँपालिकाको रहेको र यो लक्ष्य पुरा हुने आफु विश्वासत रहेको बताए ।
बन्दीपुर अस्पतालको सेवा सुदृढिकरणमा गाउँपालिका सधै तत्पर रहेको र यसका लागि अस्पतालका कर्मचारीहरु बढि जिम्मेवार भएर गुणस्तरीय सेवा प्रवाह तर्फध्यान दिन आग्रह गरे । अप्रेशन सेवा सुरु गर्नको लागि नेपाल सरकारको सहकार्यमा निक साइमन्स इन्ष्टीच्युटले अप्रेशनका लागि चाहिने सम्पूर्ण सामाग्री सहयोग गरेको छ ।

उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. धनबहादुर क्षेत्रीले अस्पतालको सेवाविस्तारमा सबै कर्मचारीहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए । अप्रेशन सेवालाई निरन्तरता दिन स्थानीय जनसमुदायको पनि महत्वपूर्ण भूमिका रहने भन्दै अप्रेशनको लागि सामान र जनशक्ति व्यवस्थापन गरी सहयोग गर्ने निक साइमन्स इन्ष्टीच्युटलाई धन्यवाद व्यक्त गरे ।

यस्तै, गाउँपालिका र अस्पतालको संयुक्त आयोजनामा पौष २१ र २२ गते हाईड्रोसीलको निःशूल्क अप्रेशन र हर्नियाको परिक्षण शिविर सञ्चालन गरिएको छ । शिविरको पहिलो दिन सोमबार दुइ जनाको हाईड्रोसीलको सफलअप्रेशन सम्पन्न भएको अस्पतालले जनाएको छ । अप्रेशन सेवा सुरुसंगै बन्दीपुर अस्पतालमा हाईड्रोसील, हर्निया, एपेन्डेक्टोमी, सि.एस, लयागत इमरजेन्सी अप्रेशन सेवा उपलब्ध भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. क्षेत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker