१३४ मध्ये ४ जनामा माेतियाबिन्दुकाे अप्रेसन गर्नुपर्ने

सलिना गुरूङ

पाैष २०,गाेरखा ।

गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नम्बर 3 स्वाँरामा निशुल्क आँखा जाँच शिविर भएको छ।बारपाक सुलिकोट गाँउपालिकाको आयोजना तथा लायन्स क्लव अफ गोरखा,गोरखा आई सर्जिकल सेन्टर र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा स्वाँरा स्वास्थ्य चौकीमा शिविर भएको हो। शिविरमा एक सय चौतिस जनाकाे आँखा जाँच गरिएको थियोे  । जस मध्ये ४ जनाको आँखाको मोतिया बिन्दुको शल्यक्रिया गर्नु पर्ने पाएको चिकित्सको टोलीले जनाएको छ । पुस २२गते सौरपानी स्वास्थ्य चौकीमा मोतिबिन्दुको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने गाँउपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker