लम्बियाे डुम्रे महाेत्सब, अब २४ गतेसम्म सञ्चालन हुने

पौष २० तनहुँ।

डुम्रे बजारमा संचालन भईरहेको प्रथम आदिवासि जनजाति बन्दीपुर सांस्कृतिक तथा पर्यटन महोत्सव ४ दिन थप भएको छ । पुस २० गते देखि समापन हुने भनिएको महोत्सवलाई आयोजकले २४ गतेसम्म थप गरि संचालन गर्ने निर्णय गरेको हो ।

मौसम र दर्शकको मागका कारण महोत्सवको समय ४ दिन थप गरिएको महोत्सवका मुल संयोजक शिवकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा २० गते आइतबार राजु परियार, २१ गते सोमबार राधिका हमाल, २२ गते कमला घिमिरे र २३ गते ज्योति मगरको प्रस्तुती रहनेछ ।पुस २४ गते विशेष कार्यक्रमका साथ महोत्सवको समापन हुने आयोजकले जनाएको छ ।

महोत्सवले स्थानीय आदिवासी जनजातिहरुको परम्परागत भाषा, संस्कृति, रितिरिवाजको संरक्षण एवं प्रवर्द्धन गर्दै स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

आदिवासी जनजातिको भाषा, कला, रहनसहन, संस्कृति आदिलाई प्रवर्द्धन र संरक्षण गर्दै, कृषि, साहित्य, कला, सांस्कृतिक पर्यटन प्रवर्द्धनका साथै प्राकृतिक स्रोत र साधनको अधिकत्म उपायोग गर्ने माध्यमका रुपमा महोत्सव आयोजना गरिएको र महोत्सवबाट भएको आम्दानीबाट बन्दिपुरमा आदिवासी जनजातिको संग्रालय भवन निर्माणमा खर्च गरिने महोत्सवका आयोजकले बताएको छ।

महोत्सवमा पदयात्रा, जलविहार, गुफा अवलोकन, धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण, हेलिकप्टरबाट दृश्य अवलोकन महोत्सवको आकर्षण  रहेको छ । महोत्सवमा व्यापारिक तथा स्थानीय सामाजिक संघ सस्थाको सहयोग र सहभागितामा गरिएको छ।स्थानीय उत्पादन मास, अदुवा, सुन्तला, तरकारी, खसीबोकाको प्रवर्द्धन गर्न किसानहरुलाई प्रोत्साहित गरिएको छ।

मनाङ, लमजुङ, गोरखा र तनहुँ जिल्लाको व्यापारिक नाकाको रुपमा रहेको डुम्रे बजारमा आयोजना गरिएको महोत्सवको झिंगु नेवाः पुचः डुम्रे, नेपाल खड्गी सेवा समिति, पिछडा वर्ग सञ्जाल समिति, गुरुङ समाज, मगर समाज, नेवाः पुच, मिसा नेवाः पुच, नेपाल चेपाङ (प्रजा ) संघ, तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाई, मिलनगर, भन्सार बजार इकाई लगायतका स्थानीय विभिन्न संघ संस्थाहरु महोत्सवको सहआयोजक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker