
सलिना गुरूङ
गाेरखा, पाैष १७
गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा 3 ठोट्नेरीमा रहेको उलाजुङ प्रा बि का बिद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको छ ।गोरखा नगरपालिका ६ पदेलीका विशेश्वर श्रेष्ठले आफ्नो जन्म दिनको अबसर पारेर उलाजुङ प्रा बिका 109 जना बिद्यार्थीलाई हाइनिक (कपडा) बितरण गरेको हो। उत्तरी गोरखामा जाडो समयमा हिमपात भई अत्याधिक चिसो हुने भएकोले बिद्यार्थीहरू बिद्यालयमा पढ्न आउन निकै गाह्रो हुने भएकोले बिद्यार्थीहरूको पढाई प्रभावित नहोस भनेर आफ्नो जन्म दिनको सम्पुर्ण खर्च कटाएर कपडा सहयोग गरेको श्रेष्ठले बताउनु भयो।जाडो समयमा स-साना बालबालिकालाई आफुले सकेको सहयोग गर्न पाउदा निकै खुसी लागेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने उहाँले बताउनुभयो।श्रेष्ठले हरेक बर्ष जन्म दिनको अबसर पारेर फरक फरक बिद्यालयमा सहयोग गर्दै आउनुभएको छ।