कालोपत्रे सडकको अनुगमन गर्दै पालुङटार नगरपालिका

राजेश पौडेल, गोरखा ।
पालुङटार नगरपालिकाले वडा नं. ४ मा रहेको मालतीगैरा देखी बड्डाँडा सम्मको कालोपत्रे सडकको अनुगमन गरेको छ । उक्त कालो पत्रे सडकको पालुङटार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कडेल र प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले अनुगमन गर्नुभएको हो । कालोपत्रे सडकको अनुगमन गर्दै नगर प्रमुख कडेलले सडक कालोपत्रे गरिनु मात्र महत्वपुर्ण कुरा नभएको भन्दै कालोपत्रे सडकको संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । सडक अनुगमन गर्दै उहाँले विकास निर्माणको काम सकिए पछि त्यसको संरक्षण स्थानिय उपभोक्ताहरुले पनि गर्नु गर्ने बताउनुभयो । सोहि अवसरमा उहाँले कालोपत्रे सडकलाई जोगाइराख्न शाखा सडकहरुले असर नगर्ने गरी नालीलाई व्यवस्थित गर्न नगरपालिकाका प्राबिधिकहरुलाई निर्देशन दिनुभएको छ ।
सोहि कालोपत्रे सडकको अनुगमन गर्दै पालुङटार नगरपालिकाका प्रसासकिय अधिकृत बलराम ढकालले नगरपालिकाले कामको गुणस्तरको आधारमा रकम बिनियोजन गर्ने भन्दै कालोपत्रे गरिएको सडकलाई जोगाउनु पर्ने बताउनुभएको छ । सोहि अवसरमा उहाँले नगरपालिकाको ठूला योजनाका कामको गुणस्तर जाँच गर्ने र होडिङबोड राखेर सबैलाई आयोजनाको बारेमा जानकारी दिनु पर्ने बताउनुभयो । सडक अनुगमनमा नगरपालिकाका प्रशासकिय अधिकृत दिपेन्द्र अर्याल, नगपालिकाका ईञ्जिनियर अनुप देवकोटा सडकका ठेकेदार राजिन सुनार लगायतको उपस्थिती रहेको थियो । सडकको लम्वाई ९ सय मिटर र सडकको चौडाई ४ मिटर रहेको ईञ्जिनियर देवकोटाले बताउनुभएको छ । कुँवर कन्ट्रक्सनले निमार्णको जिम्मा पाएको उक्त सडक कालोपत्रेको काम सकिईसकेको छ । पालुङटार नगरपालिकाको आ. व. २०७५÷०७६ मा विनियोजन गरेको बजेट (७२ लाख ८२ हजार ७ सय ५० रुपैया ५० पैसा) ले सडकको कालो पत्रको काम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker