सङ्घद्धारा क्यान्सर पीडित क्षेत्रीलाई सहयोग

गाेरखा संसार

सङ्घद्धारा क्यान्सर पीडित क्षेत्रीलाई सहयोग
एउटा नेपालीको पिडामा अर्को नेपालीले सहयोग गरेको प्रशस्त उदाहरण छन् । त्यस्तै एक उदाहरणीय काम गरेको छ क्षेत्रिय होटल सङ्घ डुम्रे बजार इकाईले । एक व्यवसायीको पिडामा अरु व्यावसायीले केही हदसम्म भएपनि मलम लगाउने काम भएको छ । १३ वर्ष अघि देखि ब्लड क्यान्सर पीडित इकाईका सदस्य भिम बहादुर क्षेत्रीलाई सङ्घले २५ हजार रुपैयाँ सहयोग गरेको छ । बन्दीपुर गाउँपालिका–५ ढाबमा होटल व्यवसाय गर्ने भिमबहादुरलाई उपचारमा मद्धत पुग्योस् भनेर मद्धत गरिएको ईकाईका अध्यक्ष रामचन्द्र खड्काले जानकारी दिनुभयो । सहयोग रकमको हालै बन्दीपुर गाउँपालिका–१ डुम्रेमा एक कार्यक्रमका बीच बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले हालै हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा अध्यक्ष थापाले उपचारमा मद्धत पु¥याएर सङ्घले अनुकरणीय काम गरेको उल्लेख गर्दै यस्ता कार्य अन्य सङ्घ सस्थाले पनि गर्न जरुरी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गत पौष ५ मा तनहुँको डुम्रेबजारमा एक कार्यक्रमको आयोजना गरी सार्वजानिक सवारी साधनलाई डस्बीन वितरण गर्दा सवारी धनी र अन्यबाट प्राप्त सहयोगको आय–व्यय विवरण समेत सार्वजानिक गरिएको थियो । सो कार्यक्रमबाट ७८ हजार ९ सय ८० रुपैंया आम्दानी भएको, ६६ हजार ५ सय ६० रुपैंया खर्च भएको र बचत १२ हजार ३ सय ४० र संघको कोषबाट गरी उक्त रकम सहयोग गरिएको इकाइका सचिव महेन्द्र शाहीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स तनहुँका अध्यक्ष महेन्द्रमोहन भट्टराई, ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी नायव निरीक्षक मानबहादुर भट्ट, सहायक निरीक्षक दिनेश पौडेल, संघका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker