पालुङटार ७ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वडा कार्यालय उदघाटन

गोरखा संसार
पौैष १३, तनहुँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पालुङ्टार नगरपालिकाको वडा नं. ७ को वडा कार्यालयको उदघाटन भएको छ । पौष १३ गतेका दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यालयको बोर्ड पढेर उदघाटन गर्नुभएको हो । उदघाटन कार्यक्रममा वडा नं. ७ का वडा पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यालयको उदघाटनसंगै पालुङ्टार नगरपालिका भित्र पार्टीको औपचारिक वडा कार्यालय स्थापना गर्ने पहिलो वडा बनेको वडा पार्टी अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो । कार्यालय वडा नं. ७ काे च्याङली बिरूवाटारमा राखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker