उज्ववल कृषि सहकारीको साधारण सभा सम्पन्न

रविन्द्र कंडेल , गोरखा संसार
पौैष १२, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको एकमात्र कृषि सहकारी उज्ववल कृषि सहकारी संस्था लि. को साधारण सभा च्याङ्लीको बिरुवाटारमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मान बहादुर थापाको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथिको रुपमा नगर प्रमुख इ. दिपकबाबु कंडेलले सहकारीलाई व्यवस्थित रुपमा र सहकारीको मान्यताअनुरुप अघि बढनुपर्नेमा जोड दिनुभएको थियो । सहकारीका ऋण संयोजक मिना कुमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सहसचिव रमेश अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका प्रशिक्षक सरोज देवकोटा, शेयर सदस्य विमल ढकाल, श्यामकृष्ण श्रेष्ठ, भरतराज पाण्डे, चेतकुमारी श्रेष्ठ, बाबुराम देवकोटा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामा सचिव इश्वर कुमार श्रेष्ठ र कोषाध्यक्ष हित बहादुर थापाले दिएको राजीनामा पारित गरी सचिवमा कृष्ण प्रसाद पाण्डे र कोषाध्यक्षमा रमेश अधिकारी लाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker