बनको साधारण सभामा २० विद्याथीलाई स्टेशनरी सामग्री वितरण

गोरखा संसार
पौैष १२, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ६ मा रहेको ठूलोपाखा सामुदयिक बनको साधारण सभा सम्पन्न भएको छ । बनका अध्यक्ष राजेश काफ्लेको अध्यक्षतामा सम्पन्न १६ औं बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटी रहनुभएको थियो । प्रमुख अतिथिको रुपमा बोल्दै वडाध्यक्ष बराकोटीले वन हाम्रो जीवन भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
कोषाध्यक्ष गम्भीरा बराकोटीले कार्यक्रममा आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लमजुङ डिभिजन बन कार्यालय का प्रमुख मोहन राज काफ्लेले बैज्ञानिक बनको उपयोगिता र सामुदायिक बनको उपयोगिता एवं व्यवस्थापनका बारेमा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बनका संस्थापक अध्यक्ष ओम बहादुर बराकोटी, जनजाती महासंघ पालुङटारका अध्यक्ष सिद्धी बहादुर पाटा मगर, सव डिभिजन कार्यालय पालुङटारका फरेष्टर यज्ञ बहादुर ओली, स्थानीय बुद्धिजीवी अमृत काफ्ले, शिवजी पाण्डे, नगर बन महासंघका अध्यक्ष मान बहादुर देवकोटा, उपाध्यक्ष आइत बहादुर नेपाली, छिमेकी बनका अध्यक्ष जनक भट्ट लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा  मधुविलास काफ्ले, गाेविन्द बराकाेटी, अाेेम  बहादुुर बराकाेेेटी,अमृत काफ्लेे र सिद्दी बहादुर पाटा लाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । सचिव ओम बहादुर घर्तीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा नं ६ भित्रका विपन्न बर्गका २० जना बालबालिकाहरूलाई बन समितिले  कापी कलम लगायतका स्टेशनरी सामग्री समेत वितरण गरेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker