भानु नगरपालिकाकाे आर्थिक वर्ष २०७६÷०७७ को प्रथम चौमासिकको सार्र्वजनिक सुनुवाई

गाेरखा संसार

पाैष ८, तनहुँ ।

तनहुँको भानु नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को प्रथम चौमासिकको सार्वजानिक सोमबार कार्यालय परिसरमा सुनुवाई कार्यक्रम गरेको छ । कार्यक्रममा कार्यालयमा कर्मचारी व्यवस्थापन ठिक नहुँदा छिटो छरितो रुपमा काम हुन नसकेको, गाडी खरिद गरिएको भएपनि फोहोर व्यवस्थापन हुन नसकेकोको गुनासो गरेका थिए । यसैगरी कृषिलाई लगायतका उत्पादन मुलक क्षेत्रमा लगानीमा प्राथमिकता दिन गुनासो गरिएको थियो ।

कार्यक्रममा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य तथा भानु नगर सभापति प्रेम राना, जिल्ला सदस्य  ऋषीराम पन्त, नेपाली काँग्रेस तनहुँका सल्लाहकार सहदेव अधिकारी, क्षेत्रिय सचिव नहकुल अधिकारी , भानु नगरसभापति श्रीभक्त आचार्य, भानु वृहत खानेपानी आयोजना अध्यक्ष अर्जुन तामाङ, लगायतले विकासका वजेटमा दुरुपयोग रोक्न अनुगमनलाई तिब्रता दिनु पर्ने विस्तृत गुरु योजना बनाई दिर्घकालिन योजनाहरु बनाउनु पर्ने लगायतका कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ अधिकृत सुनिल पाण्डेले कार्यलयको प्रगति प्रतिवेदन सार्वजानिक गर्नुभएको थियो । उठेका जिज्ञासाको मेयर उदयराज गौली तथा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रदेव पाण्डेले उत्तर दिँदै जनताको गुनासो, सुझाव, सल्लाह अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा भानु नगरपालिका सबै क्षेत्रमा बढीमा आधाघण्टा हिँडेपछि बाह्रैकाल सवारी साधन सञ्चालनमा ल्याउन सक्ने गरी मोटेर बाटोको स्तरउन्नती गर्न लागिएको जानकारी दिईएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार  अमरराज नहर्कीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker