पालुङटार दुर्घटनामा ५ घाइते , नामावल‌ी सहित

गोरखा – पालुङटार नगरपालिका–६ बुढीचौरमा जिप दुर्घटना भएको छ । बुढीचौरबाट काठमाडौं जादै गरेको ग १ ज ७४९४ नम्बरको जीप ओरालोमा चिप्लिएर सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयराम थारु, रामबहादुर थारु र रमेश थारु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये रोकाको अवस्था गम्भीर रहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker