पुस २७ गते सार्वजनिक बिदा

गाेरखा संसार

गोरखा नगरपालिकाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमवार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगरपालिका माताहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन्।

‘नगरपालिका माताहतका कार्यालयहरू जस्तो नगरपालिकाकै कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा  पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ’, श्रेष्ठले भनिन्, ‘प्रदेश र संघ सरकार अन्तर्गतका कार्यालयका लागि होइन, हाम्रो नगरपालिका माताहतका कार्यालयमा मात्र यो निर्णय लागु हुनेछ ।’

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखाबाट नेपाल एकीकरणको जग बसालेका हुनाले उनको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker