त्रिविको पैतालिसौँ दीक्षान्त समाराेहमा विद्यावारिधिबाट दीक्षित अर्याल र जीवन्तकाे जाेडी

गाेरखा संसार
त्रिभुवन विश्वविद्यालयको पैतालिसौँ दीक्षान्तमा त्रिभुवन विश्वविद्यालयबाट नै सँगै विद्यावारिधि गर्ने जोडीसँग भेट भयो । उहाँहरु हुनुहुन्छ ः गोरखाकी डा. अम्बिका अर्याल र मोरङका डा. जीवन जीवन्त । उहाँहरु स्नातकोत्तर तह पढ्दै गर्दा विवाह बन्धनमा बाँधिनुभएको रहेछ । दीक्षान्तमा एउटै विषयमा र एकै समयमा सम्मानित हुनुभएका उहाँहरुलाई कुनै योजना बनाएर यहाँसम्म आउनुभएको त होइन ? भन्ने हामीले जिज्ञासा राखेका थियौँ । हाम्रो जिज्ञासाको उत्तरमा उहाँहरुले “योजनावद्ध रूपमा सँगै विद्यावारिधि उपाधि लिनका लागि र कुनै गिनिजबुकमा रेकर्ड राख्नका लागि नभएर सुखद संयोग” भएको बताउनुभयो ।

विद्यावारिधि सँगै दर्ता गरी सँगै अध्ययन पूरा गरेका यी जोडीजस्तै अरु पनि छन् कि भन्ने हाम्रो प्रश्नमा भने उहाँहरुले फरकफरक विश्वविद्यालयबाट सँगै उपाधि लिएका र फरकफरक समयमा त्रिविबाटै दीक्षित भएका जोडी भए पनि त्रिविबाटै सँगै दीक्षित भएका जोडीका बारेमा भने हालसम्म आफूहरुलाई थाहा नभएको कुरा पनि बताउनुभयो । यस्तै उहाँहरुले यसरी सँगै दीक्षित भएको तेस्रो पटक भएको रहस्य पनि खोल्नुभयो । स्नातकोत्तर तह, एम. फिल र विद्यावारिधि गरी तीन तहमा पटकपटक सँगै दीक्षित हुन पाउँदा यसलाई केवल मिडिया प्रचारवाजी गर्ने योजनाका रूपमा मात्र नहेरी सुखद संयोगका रूपमा मात्र लिने तथ्य स्पष्ट पार्नुभयो । यसरी सँगै पढ्ने क्रममा भएको संयोगका विषयमा लिएर कतिपयले नकारात्मक सोच राखेर गिनिजबुकमा नाम लेखाउने खेल भन्दै आरोप लगाएको गुनासो पनि उहाँहरूको थियो । तर यस विषयमा जानकार अन्य मिडियालाई पनि यसबारे केही नलेख्न आग्रह गर्दै आउनुभएको रहेछ । दीक्षान्त समारोहमा एकैसाथ दीक्षित हुँदै गरेको थाहा पाएपछि हामीले यस विषयमा जानकारी लिन गरेको आग्रहमा मात्र उहाँहरूले आफ्ना कुराहरू खोल्नुभएको थिएन, यी जोडीलाई देखेर अरूलाई पनि प्रेरणा र प्रोत्साहन मिलोस् भन्ने ध्येय रहेको बताएका थियाँै । त्यसपछि मात्र उहाँहरूले हामीसँग कुरा गर्नुभएको थियो । कुराकानीकै क्रममा हामीले उहाँहरुको अर्कौ रमाइलो प्रसङ्ग पनि थाहा पायौँ । त्यो के भने, डा. अम्बिका अर्याल पद्मकन्या बहुमुखी क्याम्पसमा र डा. जीवन जीवन्त पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत हुनुहँुदोरहेछ । त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा पनि खुला प्रतिस्पर्धाबाट सँगै स्थायी हुनुभएको रहेछ । उहाँहरूलाई आगामी दिनहरूमा पनि सफलताको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker